काठमाडौं । जुनकिरी अविश्रान्त उज्यालो संस्थाले पाचौं स्थापना दिवसको अवसरमा तेस्रो पुस्तकालय स्थापना गरेको छ ।

बुटवलको बुटवल माध्यमिक विद्यालयमा आज एक समारोहकाबीच पुस्तकालयको समुद्घाटन गरिएको हो । पुस्तकालयको समुद्घाटन समारोहमा बोल्दै जुनकिरी अविश्रान्त उज्यालोका संस्थापक अध्यक्ष प्रशान्त शर्माले ‘बुटवल माविमा पुस्तकालय स्थापना गर्ने अवसर प्रदान गर्नभएकोमा  विद्यालय परिवारलाई धन्यवाद व्यक्त गर्दै संस्थाले आफ्नो स्थापना दिवसको पाचौं वसन्तमा तेस्रो पुस्तकालय स्थापना गरेको र यस्को व्यवस्थापन पक्ष समालिदिन विद्यालय परिवारलाई आग्रह गर्नुभयो ।

’ बुटवल माविका प्रधानाध्यापक होमबहादुर रायमाझीले बुटवलकै सबैभन्दा पुरानो २००८ सालमा स्थापना भएको विद्यालयमा पुस्तकालय स्थापना गरिदिनु भएकोमा धन्यवाद व्यक्त गर्दै विद्यालयले वर्षेनी हजारौं विद्यार्थीहरू उत्पादन गर्दै आइरहेको र उनिहरूलाई उच्च शिक्षा हासिल गर्नमा साथै गुणस्तरियता वृद्धिमा पुस्तकालयले थप सहयोग रहने भएकाले उक्त आवश्यकतालाई मध्यनजर गर्दै पुस्तकालय स्थापना गरिदिनु भएकोमा आयोजक संस्थालाई धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा बोल्दै उहाँले क्षेत्रकै पुरानो विद्यालय भएर पनि ओझेलमा परेकारले सबैले आ- आफ्नोठाउँबाट पहल गरिदिन आग्रह गर्नुभयो । जुनकिरी संस्थाले पहिलो पुस्तकालय संखुवासभामा, दोस्रो सिरहा र तेस्रो बुटवलमा स्थापना गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय