काठमाडौं । अघिल्लो पुस्ताका गायक तथा कलाकारलाई अहिलेको पुस्ताले चिन्दैन । दुबै पुस्तालाई नजिक्याउने काम म्यूजिकल भिडियोले गर्छ भन्ने पुष्टी “पर हुँदै गयौ तिमी” बोलको गीतले गरेको छ । गीतकार रमेश पौडेलले २०४३ सालमा लेखेको गीत २०५० सालमा रेकर्ड भयो ।

उतिबेलाका चर्चित गायक जुजुकाजी रञ्जितको गायन गला र वरिष्ठ सङ्गीतकार बुलु मुकारुङको सुमधुर सङ्गीतले उतिबेला निकै चर्चा पायो ।

नेपाल लगायत संसारको साङ्गीतक महौल यसरी बद्लियो, गीतलाई “सुन्नेभन्दा पनि हेर्ने” बनाइदियो यूटुबले । उतिबेलाको गीत अहिले लिरिकल भिडियोमा हेर्न सकिने भएको छ ।

अहिलेसम्म पर्दामा नदेखिएका नयाँ अनुहार मनिषा आचार्य र कृष्ण भण्डारीले सशक्त अभिनय गरेका छन् यो गीतमा । गीतकार पौडेलले आफ्ना सिप र सिर्जनालाई अर्काईभ गर्न शुरु गरेको यूटुबको आवरण क्रियशन च्यानलबाट उत्पादित यो गीतको निर्देशन दिनेश घिमिरेले गरेका छन् । सुमन बस्नेत उत्पादन मेनेजर रहेको गीतको छायाङ्कन र सम्पादन मिलन ढुँगानाले गरेका हुन् । गीत र भिडियाको रोचक पक्ष चाँही यो छ की पौडेलले यो गीत लेख्दा अहिले भिडियो बनाउने निर्देशक घिमिरेको जन्म नै भएको थिएन ।

गीत हेर्न र सुन्नका लागि तलको भिडियोमा जानुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय