काठमाडौँ । उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १६ औँ वार्षिक साधारण सभा गर्ने भएको छ । धुम्बाराहीको सूर्य इभेन्टमा असोज ६ गते (शनिवार) साधारण सभा गर्न लागेको हो । 

तीन वटा सहकारी संस्थाहरू ‘मर्ज’ गरेर बनेको उज्यालो संपदले तीन ठाउँबाट सेवाग्राहीलाई सेवा दिँदै आइरहेको छ । 

जम्मा २९ सय ५० कुल सदस्य रहेको सहकारीको नियमित बचत तर्फ २२ सय ७५ सदस्य रहेका छन् । ५ करोड २५ लाखको शेयर रहेको सो संस्थामा मासिक ५ सयदेखि १ हजारसम्म कुल सदस्यहरुले बचत गर्दै आइरहेको उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रमेश प्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । 

संस्थाको वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने,लेखा परीक्षण पारित गर्ने,कोषाध्यक्षद्वारा आर्थिक प्रतिवेदन तथा बजेट प्रस्तुत गरी पारित गर्ने,लेखा समितिद्वारा सुपरिवेक्षण प्रस्तुत गरी पारित गर्ने लेखा परीक्षक तोक्ने र लेखा परीक्षकको पारिश्रमिक तोक्ने,संस्थालाई आवश्यक विभिन्न नीतिहरू पारित गर्ने,सञ्चालक समितिको रिक्त पदमा पदपूर्ति गर्ने आदि विषय प्रस्तुत हुने अध्यक्ष तिमल्सिनाले जानकारी दिनुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय