काठमाडौँ । राष्ट्रिय संस्थागत विद्यालय संघ नेपाल (निसान) द्धारा आदिकवि भानुभक्त आचार्यको जन्म महिनाको अवसरमा “भानुभक्तले नेपाली भाषा र साहित्यमा पुर्‍याएको योगदान”  विषयक शीर्षकमा आयोजित अन्तर विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

असार १७ गते आइतबार कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ स्थित श्रीयन्त्र एजुकेशन फाउण्डेसन विद्यालयको सभाहलमा आयोजना गरिएको उक्त कार्यक्रमको उपाधि इष्टपोल मा.विकी प्रियन्सा कार्कीले हात पारेकी छिन् ।

सो कार्यक्रममा दोस्रो र तेस्रो क्रमश ः विद्यासागर स्कुलकी वर्षा खड्का र गोकणर्ेश्वर लाइट एकेडेमीकी सुजाता चालिसेले हात पार्न सफल भए । साथै सान्त्वना स्थान जीवन तारा एकेडेमीकी सेरिना तामाङ र त्रिकोण पव्लिक स्कुलका विप्पन गिरीले हात पार्न सफल भए ।

निसानका वरिष्ठ उपाध्यक्ष श्री अरुण पौडेलको संयोजकत्वमा र अध्यक्ष श्री सौर्यनाथ आचार्यको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन निसानका महासचिव नवराज सापकोटाले गर्नुभएको थियो । उक्त कार्यक्रममा निसानका वरिष्ठ उपाध्यक्ष श्री अरुण पौडेलले स्वागत मन्तव्य प्रस्तुत गर्नु भएको थियो ।

निसानमा आवद्ध जम्मा २० विद्यालयले सहभागिता जनाएका उक्त कार्यक्रमका प्रमुख अतिथि प्याव्सनका केन्द्रिय महासचिव आर.वि कटुवाल रहेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कटुवालले निसानले विद्यार्थीको अन्तरनिहित प्रतिभालाई उजागर गर्न तथा शैक्षिक स्तर उकास्नका लागि खेलेको भुमिकाको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।

विशेष अतिथिका रुपमा कार्यक्रममा बोल्दै निसानका प्रमुख सल्लाहकार तथा काठमाडौँ प्याव्सनका सहसचिव ओमप्रसाद ढकालले निसान विगतदेखि नै शैक्षिक गुणस्तर वृद्धि तथा अतिरिक्त क्रियाकलाप सञ्चालन गरी विद्यार्थीको प्रतिभा पहिचान गर्ने कार्यमा अन्य संस्था भन्दा अग्र पङ्क्तिमा रहेको बताउनु भयो । आगामी दिनहरुमा पनि यस्तै खालका कार्यक्रम सञ्चालन गर्न सुझाव दिँदै कार्यक्रमको सफलताका लागि शुभकामना  व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यार्थी र विद्यालयलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै कार्यक्रमका सभापति तथा निसानका अध्यक्ष श्री सौर्यनाथ आचार्यले निसान सदैव विद्यालय र विद्यार्थीका हितमा काम गर्ने संस्था भएकोले विद्यार्थी भित्र रहेका प्रतिभा एक पछि अर्को गर्दै प्रष्फुटन गर्ने अवसर प्रदान गर्ने बताउनु भयो । सहभागी सम्पूणर् विद्यालयलाई धन्यवाद ज्ञापन गर्दै निसानका आगामी कार्य योजनासमेत प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय