सिन्धुपाल्चोक । शुक्रवार मेलम्ची नगरपालिका वडा नम्बर ११ स्थित वर्कसपमा कार्यरत अम्लेश शाहको हात ग्रेण्डरले काट्यो । रक्तमुच्छेल हात लिएर हतार हतार उपचारका लागि उहाँ मेलम्ची नगर अस्पतालको ढोकामा पुग्नुभयो । तर,शाहको  उपचारका लागि मेलम्ची नगर अस्पतालले भने कुनै चासो दिएन ।
अस्पतालमा डाक्टर नभएको भन्दै शाहलाई अस्पतालकै डाक्टर विवेकानन्द शाहले अन्त कतै जान  सुझाउनुभयो । शाह रक्तमुच्छेल हात लिएर मेडिकल तर्फ दौडिनुभयो । र,पट्टि बाधेर उपचार गराउनुभयो ।

तर,मेलम्ची नगर अस्पतालमा भने डाक्टर हुँदाहुँदै पनि निजि अस्पताल जान सुझाउनुले अस्पतालमाथि गम्भीर आशंका उत्पन्न भएको छ ।

आफैँ सक्षम हुँदा हुँदै नगर अस्पतालमा उपचार नहुने भन्दै बहाना-बाजी गरेको  पीडितको गुनासो छ । 
नगर अस्पतालमा शल्यक्रिया, चेकजाँच, एक्सरेलगायतका विविध सुविधा उपलब्ध हुँदाहुँदै पनि निजी मेडिकल रिफर गर्नुले अस्पतालको गतिविधिमा शङ्का उत्पन्न भएको पीडित बताउँछन् ।

निजी मेडिकलमा ७ टाँका लगाउनुभएका शाहको नाममा अहिले ८ हजार रुपैयाँ माग गरिए पनि बिल भने दिन मानिरहेको छैन ।

यो त एक उदाहरण मात्रै हो । नगर अस्पतालको काममा यस्ता थुप्रै जनगुनासो आउन थालेका छन् । बजारमा काम गर्ने सामान्य नागरिकको यो स्थितिले अन्य ग्रामीण भेगबाट आउने सेवा ग्राहीको अवस्था के होला भनेर सहजै अनुमान गर्न सकिन्छ । हामीले यस विषयमा नगर अस्पतालका प्रमुख डाक्टर श्रीराम अर्यालसँग बुझ्दा आफूलाई घटनाबारे थाहै नभएको बताउनुभयो । 

आफ्नो अस्पतालमा ती रोगसँग सम्बन्धित सम्पुण उपचार हुने जानकारी दिँदै त्यस घटनाप्रति थप बुझ्ने र के भएको रहेछ भनेर सत्य तथ्य पत्ता लगाउने बताउनुभयो । उहाँको कुरामा विश्वास गर्न नसकिने आधार भनेको आफ्नो अस्पतालमा यति ठुलो घटना घट्दा समेत थाहा नहुनुले विभिन्न संका चै उत्पन्न हुन्छ । 

वडा अध्यक्ष चन्द्रबहादुर तामाङले घटनाबारे आफू जानकार रहेको बताउँदै प्रशासनिक रुपमा कारबाहीको लागि स्वास्थ्य शाखामा खबर गरेको उल्लेख गर्नुभयो । उहाँले आफू अस्पतालको अध्यक्ष समेत रहेको बताउँदै यस्ता थुप्रै गुनासो आउने गरेको बताउनुभयो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत कुमार धितालले घटना बारे सम्पूर्ण विवरण उपलब्ध गराउन आग्रह गर्नुभयो । उहाँले गल्ती भएका कारबाही गरिने जानकारी दिनुभयो ।

नगर पालिकाका प्रमुख आइतमान तामाङले नगर अस्पतालमा प्रशासनिक र सेवा प्रणालीमा समस्या रहेको स्विकार्नु भयो । उहाँले तत्काल घटनाबारे छानबिन गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय