सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ५ का वडा सचिव दिपक अधिकारीले सेवाग्राहीसँग प्रतिशोध साँधेर विवाह दर्ता गर्न अस्वीकार गरेका छन् ।

पुरानो ‘रिसिबी’कै कारण अधिकारीले इन्द्रावती ५ का नवराज आचार्यको विवाह दर्ता गर्न अस्वीकार गरेका हुन् ।

आचार्य विवाह दर्ताका लागि दुई पटक वडा कार्यालय पुगेका थिए ।

पहिलो पटक वडा कार्यालय जाँदा सचिव अधिकारी दुई दिनदेखि फोन ‘स्वीच अफ’ गरेर वडामा कुनै जानकारी नदिई बेपत्ता भएका थिए । आचार्यले सचिवको कार्यशैलीको विरोध गर्दै फेसबुक स्ट्याटस लेखेका थिए । त्यही स्ट्याटसलाई आधार मानेर सचिव अधिकारीले विवाह दर्ता गर्न अस्वीकार गरेको आचार्यले बताए ।

उनी आफ्नी श्रीमतीसहित सम्पूर्ण कागजपत्र बोकेर वडा कार्यालयमा जाँदा पनि सचिव अधिकारीले ‘फेसबुकमा तथानाम’ लेख्ने आफू नै होइन भन्दै विवाह दर्ता गर्न अस्वीकार गरेको उनले बताए । उनले वडाध्यक्ष शशिनाथ आचार्यलाई गुहार्दा पनि काम नबनेको बताए ।

‘मेरो श्रीमतीसहित सशरिर वडामा सम्पूर्ण कागजपत्र लिएर जाँदा पनि मेरो विवाह दर्ता भएन’, उनले भने । फेसबुक स्ट्याटस लेख्दै आचार्यले भनेका छन्,‘नेपालको संविधानले दिएको अधिकार प्रयोग गरेर मेलै तपाईँको कार्यशैलीको विरोध गरेको हुँ ।’

हामीले यस विषयमा वडा सचिवलाई सम्पर्क गर्दा उनको फोन उठेन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय