सिन्धुपाल्चोक । सरस्वती माध्यमिक विद्यालय हेलम्बु (४ ग्याल्थुमको ६१ औँ वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न भएको छ  ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले युवा , विद्यार्थी किन बिदेसिन थाले यसको गहन छलफल जरुरी रहेको बताउनुभयो ।

उहाँले  देशमा युवा नरहनुको कारण यो देशका  नेताहरू दोषी रहेको  आरोप लगाउनुभयो । उहाँले अब भाषण मात्र गरेर नहुने भन्दै स्वदेशमै बस्ने वातावरण बनाउन सबै लाग्नु पर्नेमा जोड दिनुभयो ।

उहाँले शिक्षा र स्वास्थ्य सरकारले निःशुल्क गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष अप्सरा लामिछानेले शिक्षा , स्वास्थ्यमा सुधारको प्रयास गरिरहेको बताउँदै  पालिका वासीको सुझाव अनुसार अघि बढ्ने बताउनुभयो ।

उहाँले यस विद्यालयबाट आफ्नै छोरा पनि राम्रो लेख्न , पढ्न नसक्ने भएपछि नजिकैको निजी स्कुलमा पढाउन बाध्य भएको बताउनुभयो । उहाँले र पालिकाले  आफूले सहयोग गर्छु भन्दा पनि विद्यालयमा  शिक्षा सुधार हुन नसकेको बताउनुभयो ।

मेलम्ची भ्याली क्याम्पसका क्याम्पस प्रमुख राजनप्रसाद लामिछानेले विद्यालय सुधारका लागी अब सबै लाग्नु पर्ने बताउनुभयो । 

विद्यालयको शैक्षिक स्थिति झन् झन् खस्किँदै गएको भन्दै लामिछानेले योजना सहित विद्यालय सुधारका लागी एकजुट हुन आग्रह गर्नुभयो । 

दैनिक १५० जना भन्दा धेरै विद्यार्थी यो विद्यालय हुँदै अन्यत्र गएको देख्दा देख्दै पनि विद्यालयले ती विद्यार्थीलाई यहीँ स्कुलमा टिकाउनका लागी अहिले सम्म कुनै कदम नचालेको प्रति आपत्ति जनाउनुभयो । 

कार्यक्रममा छिमेकी विद्यालय भूमेस्वरी माध्यमिक विद्यालयका प्रधानाध्यापक यमबहादुर  ज्योति,अभिभावक सङ्घका प्रतिनिधि झलक पण्डित , श्यामसुन्दर लामिछाने लगायतले आफ्नो भनाइ राख्नुभएको थियो । वार्षिक उत्सवको अवसरमा पूर्व विद्यार्थी समाजले हाल सम्म विभिन्न माध्यम बाट विद्यालयमा योगदान पुर्‍याउने महानुभाव हरूलाई सम्मान व्यक्त गरेको थियो ।

त्यस्तै समाजका सदस्य लगायतले सहयोगको प्रतिबद्धता समेत जाहेर गर्नुभएको छ ।  प्रधानाध्यापक कुमारप्रसाद घोरासैनीले प्रतिवेदन प्रस्तुत गर्दै प्राकृतिक विपत्तिले असहज भएको बताउनुभयो । कार्यक्रममा उत्कृष्ट तथा प्रतियोगिताका विजेता  विद्यार्थी पुरस्कृत गरिएको थियो ।

शिक्षक तथा विद्यार्थीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष किटि तामाङको अध्यक्षतामा  सम्पन्न भएको हो ।

कार्यक्रममा वडा अध्यक्ष बुद्धिमान तामाङ , शिक्षा तथा युवा तथा खेलकुद शाखा प्रमुख धनध्वज लामा लगायतले हेलम्बुको शिक्षा सुधारमा लागि पर्ने बताउनुभयो ।कार्यक्रममा वडा सदस्यहरू , , शिक्षा सेवी हरिकुमार शर्मा , कर्मचारी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय