सिन्धुपाल्चाेक । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु०को निर्वाचनका लागि आज देशभरका क्याम्पसहरुमा मनोनयन दर्ता भइरहेको छ ।

जिल्लाकै महत्वपूर्ण क्याम्पस मानिने मेलम्ची स्थित इन्द्रावती बहुमुखी क्याम्पसमा पनि उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ ।

स्ववियु निर्वाचनमा काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघ एक्लै चुनावी मैदानमा उत्रने बताइरहेका बेला नेकपा एमाले निकट अनेरास्ववियुले भने मावबादी निकट क्रान्तिकारी सँगको गठबन्धनको रुपमा नै उम्मेदवारी दिएको हो ।

अनेरास्ववियुका तर्फबाट अध्यक्षमा किशन दुलालले उम्मेदवारी दिनुभएको छ भने सचिवमा क्रान्तिकारीका सन्तोष खतिवडाले मनोनयन दर्ता गराउनुभएको छ । कोषाध्यक्षमा क्रान्तिकारिकै अमृता सापकोटा ले मनोनयन दर्ता गराएको अनेराश्ववियुका नेता रबिन तामाङ्ले जानकारी दिनुभयो । त्यस्तै अनेरास्ववियुकै नेता रामहरी कार्किले स्वतन्त्र उम्मेद्बारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय