सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा एमाले निल भएको छ । २ वटा निर्वाचन क्षेत्र रहेको सिन्धुपाल्चोकमा एमालेका कुनै पनि उम्मेदवारले जीत निकाल्न सकेनन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा वाम गठबन्धबाट ५ वटा सिट जितेको एमाले यो पटक शून्य भएको हो ।

०७४ सालमा बागमती प्रदेश सांसद भएका एमालेका केन्द्रीय सदस्य सरेश नेपाल माओवादी केन्द्रका पोलिटब्युरो सदस्य माधव सापकोटासँग हार बेहोर्न पुगे । सापकोटाले ३० हजार ३७४ मत पाउँदा नेपालले २७ हजार १८ मत ल्याए ।

०७०,०७४ गरी दुई दुई पटक सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट निर्वाचित भएका एमाले स्थायी कमिटि सदस्य शेरबहादुर तामाङले यो पटक नेपाली काँग्रेसका केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतसँग हार बेहोर्न पुगे । बस्नेतले ३९ हजार ३६७ मत ल्याउँदा तामाङले २७ हजार ४९३ मात्र ल्याए । सत्तारुढ गठबन्धनले गरेको चुनावी तालमेलका कारण यसअघि क्षेत्र नम्बर १ बाट चुनाव लड्ने गरेका बस्नेत यसपटक क्षेत्र नम्बर २ मा आइपुगेका थिए । कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका बस्नेत पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्रि हुन् भने तामाङ पूर्व कानुन मन्त्री एवं पूर्व स्वास्थ्य मन्त्रीसमेत हुन् ।

प्रदेशसभा तर्फ १ (१) र २ (२) मा कांग्रेसका उम्मेदवार विजयी भएका छन् भने प्रदेशसभा तर्फ १ (२) र २ (१) मा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसकी मसिना खड्काले प्रदेशसभा १ (१) मा १४ हजार ६५२ मत ल्याएर विजयी हुँदा नेकपा एमालेका युद्धविक्रम तामाङले १३ हजार ४९० मत ल्याए । निर्वाचित खड्का सिन्धुपाल्चोक जिल्लाको प्रदेशसभा प्रत्यक्षमा सहभागी पहिलो महिला हुन् ।

यो जिल्लामा मुख्य दलले पहिलो पटक प्रत्यक्षमा महिलालाई टिकट दिएको हो । सामाजिक सेवा र व्यवसायमा अब्बल उनी यो पट्क मुख्य दल कांग्रेसले टिकट दिएपछि राजनीतिमा आएकी थिइन् ।

प्रदेशसभा १ (२) मा माओवादी केन्द्रका सरल सहयात्री पौडेलले १७ हजार २५६ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका होमनारायण श्रेष्ठले १३ हजार १३ मत ल्याए । निर्वाचित सहयात्री माओवादी केन्द्र बागमती प्रदेका अध्यक्ष हुन् भने पराजय भएका श्रेष्ठ गाउँपालिका महासंघ र जुगल गाउँपालिकाका पूर्वअध्यक्ष समेत हुन् ।

प्रदेशसभा २ ९१० मा माओवादी केन्द्रका युवराज दुलालले २० हजार ९०६ मत ल्याउँदा एमालेका अमानसिंह तामाङ १२ हजार १३९ मत ल्याए । उनीहरुबीचको मतान्तर ८ हजार ७ सय ६७ छ । उनी दोस्रो पटक प्रदेशसभामा निर्वाचित भएका हुन् ।

दुलाल माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य एवं बागमती प्रदेशका पूर्व सामाजिक विकासमन्त्री हुन् । पराजित भएका तामाङ चौतारा साँगाचोकगढी नगरपालिकाको पूर्व मेयर हुन् ।

प्रदेशसभा २ ९२० मा कांग्रेसका कृष्णकुमार तामाङले १७ हजार ७५८ मत ल्याएर विजयी हुँदा एमालेका हस्तबहादुर पण्डितले १६ हजार २५३ मत ल्याए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय