काठमाडौँ । दोस्रो नेपाल जापान मैत्री सम्मेलन २०८० सम्पन्न भएको छ । जापानको फोर्थ भ्याली कन्सर्ज कर्पोरेसन कम्पनी र नेपालको लीडएक्सको आयोजना तथा मिड-भ्याली इन्टरनेशनल कलेज सँगको सहकार्यमा दोस्रो नेपाल जापान मैत्री सम्मेलन २०८० सम्पन्न भएको छ ।

सन् १९५४ देखि जापानले नेपालको सामाजिक, आर्थिक विकासमा मुख्यतया द्विपक्षीय अनुदान क्षण र प्राविधिकसहित शैक्षिक क्षेत्रमा सहयता पुर्याउदैँ आइरहेको छ ।

जापानले विभिन्न समयमा नेपालका विभिन्न निकायहरू सँग सहकार्य गर्दै नेपालमा पछिल्लो समय लगानीको वातावरण सर्वेक्षणका लागि विभिन्न व्यक्तिहरू सँगको सहकार्यतालाई अगाडि बढाँउदै आईरहेको छ ।

यसैबीच, जापानकाे मिनेस्युकु कम्पनीका सञ्चालकहरूले मिड-भ्याली कलेज सँगको सहकार्यतालाई अगाडि बढाउन त्यहाँको शैक्षिक गुणस्तरीयता, विद्यार्थी केन्द्रित क्षमता, अवसर तथा सहकार्यका विभिन्न पाटोहरूमा सहकार्यका लागि अग्रसरता देखाउँदै उक्त स्थानहरूको अनुगमन सहित छलफल तथा परामर्श सम्पन्न गरेको छ ।

हालसम्म उक्त सहकार्यबाट जापानको मिनेस्युकु कम्पनीले विगतको पाँच वर्षको अवधिमा नेपालकाे मिड-भ्याली कलेजका १९ जना विद्यार्थीहरूलाई अवसर प्रदान गरेको बताउँदै इन्टनसिप र रोजगारीको अवसरका क्षेत्रमा क्षमता अभिवृद्धिका लागि होटल म्यानेजमेन्ट सेक्टरका विद्यार्थीहरूलाई अवसर प्रदान गरेको मिड-भ्याली कलेजका म्यानेजिङ डाइरेक्टर रिताल राणाले जानकारी दिनुभयो ।

विभिन्न क्षेत्रका नेपाली विद्यार्थी १९ जनालाई उक्त कम्पनीले जापानमा इन्टनसिपको अवसर प्रदान गरेको उहाँले बताउनुभयो । त्यस्तै, अबका दिनमा आइटी क्षेत्रका विद्यार्थीहरूलाई पनि जापानको आइटी कम्पनी सँगको सहकार्यमा इन्टनसीप तथा जागिरीको अवसर प्रदान गरिने उहाँले बताउनुभयो ।

विगत तीन दिनसम्म चलेको कार्यक्रममा विभिन्न जापानका लब्ध प्रतिष्ठित कम्पनीहरूका सिइयोले नेपालको बहुआयामिक क्षेत्र सँगसँगै कलेज सँगको सहकार्यतालाई मजबुद बनाउन तथा नेपालको शैक्षिक क्षेत्रको उन्नयनका लागि सहकार्यका लागि रूचि बढाएको कलेजका कार्यक्रम निर्देशक जीवन अधिकारीले बताउनुभयो ।

विभिन्न क्षेत्र सँगैको सहकार्यमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका विज्ञ तथा शिक्षक विद्यार्थीहरूको उल्लेख सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय