काठमाडौँ । पौरखी नेपालद्वारा शुभटाईम डटकमका प्रधान सम्पादक दिपक अर्याल सम्मानित हुनुभएको छ ।  २० औँ साधारणसभाको अवसरमा डिल्लीबजारमा भएको एक कार्यक्रमबीच उहाँ सम्मानित हुनुभएको हो । 

सुरक्षित वैदेशिक रोजगारको आवाज बुलन्द गर्दै सामाजिक सेवाको पक्षमा निरन्तर खबरदारीका साथ लाग्नुभएका सम्पादक अर्याललाई सम्मान गर्न पाउँदा आफूहरू हर्षित भएको पौरखी नेपालले जनाएको छ । 

अर्यालका पाइलाहरू सामाजिक सेवाका यामहरूमा राजधानीको रफ्तार र सिन्धुपाल्चोकका कुनाकानीमा तरङ्गित भएको पौरखी नेपालले जनाएको छ । मानव बेचबिखन विरुद्धको विभिन्न कार्यको सफलता हासिल गर्नुभएकोमा पौरखी नेपालले उहाँले धन्यवाद प्रकट गरेको छ । 

पौरखी नेपालको ऐश्वर्यको रूपमा अर्याललाई लिइएको पौरखी नेपालले जनाएको छ । अर्याल मानव बेचबिखन विरुद्ध बुलन्द आवाज पार्दै आईरहनुभएकाे छ । उहाँ शुभटाईम डटकमका प्रधान सम्पादकको रुपमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय