काठमाडौँ । उज्यालो-संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेडले वनभोज कार्यक्रम आयोजना गर्ने भएको छ । सहकारीले फागुन २० गते आफ्नो स्थापना दिवसका अवसरमा वनभोज कार्यक्रम गर्ने भएको हो ।

पूर्वी क्षेत्रको अब्बल सहकारीको रूपमा रहेको सहकारीले आफ्नो स्थापना दिवसको अवसरमा प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । ‘हामीले सहकारीको स्थापना दिवसका दिन विभिन्न कार्यक्रम गर्दै आइरहेका छौँ । जसअन्तर्गत यस वर्ष हामीले साँस्कृतिक कार्यक्रमसहितको वनभोज कार्यक्रम तय गरेका छौँ’,वनभोज कार्यक्रमका संयोजक पशुपति तिमल्सिनाले बताउनुभयो । उहाँका अनुसार स्थापना दिवसकाे दिन वनभोज कार्यक्रमसहित रक्तदान कार्यक्रम र सदस्य शिक्षाको कार्यक्रमसमेत रहेको छ । 

कार्यक्रममा ख्यातिप्राप्त राष्ट्रिय कलाकारहरूको पनि सहभागिता रहने तिमल्सिनाले बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय