काठमाडौँ । श्री कान्ति भैरव माध्यमिक विद्यालयका पूर्व विद्यार्थीहरूको समूह ‘मित्रताको जहाज’ ले जनै निर्माण प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । 

हस्त निर्मित जनै पाउन छोडेको भन्दै ‘मित्रताको जहाज’ले गोकर्णेश्वर  नगरपालिका-४ उत्तरबाहिनीमा  शुक्रवारदेखि आइतबारसम्म प्रशिक्षण कार्यक्रम   आयोजना गरेको हो । 

प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्नुहुँदै समाजसेवी दीपक सिंह भण्डारीले हस्त निर्मित जनैको धेरै महत्त्व रहेको भन्दै त्यसको संरक्षण गर्नुपर्ने बताउनुभयो । 

प्रशिक्षण कार्यक्रममा दक्षता हासिल गर्नुभएका गुरुहरूले जनैको धार्मिक र वैज्ञानिक महत्त्व दर्साउनुभएको सहभागी गोविन्द धितालले जानकारी दिनुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय