सिन्धुपाल्चोक । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेको तर्फबाट इन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा शशिनाथ आचार्यले उम्मेदवारी दिएका छन् । १२ गते निर्वाचन कार्यालय नवलपुरमा गएर आचार्यले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । लामो समयदेखि नेकपा एमालेबाट सक्रिय राजनीति गर्दै आएका आचार्य कानुनका विद्यार्थी हुन् । उनी जिल्ला वार एसोसियनका सचिव एवं अधिवक्ता समेत छन् । 


शशिनाथ आचार्यको राजनीतिक यात्रा 

२०५२ सालमा जाल्पा देवी माध्यमिक विद्यालयमा पढ्दै थिए शशिनाथ आचार्य । पारिवारिक रूपमा शिक्षित परिवारमा जन्मेका उनी सानै देखि जिज्ञासु स्वभावका थिए । उनका हजुरबुबा,बा,काकाहरू राजनीतिकरुपमा सिन्धुपाल्चोकमा चर्चित नै थिए । उनले बा,हजुरबा,काकाहरूले गफ गरेको सुन्दा नेकपा एमाले भन्ने सुनेका थिए । उनका ठुलाबा जगन्नाथ आचार्य त पुष्पलालका चेला पनि हुन् । २४ सालमा बनारस पसेका उनका ठुलाबा राजनीतिकरुपमा नेकपा एमालेको जल्दा बल्दा कार्यकर्ता थिए । ठुलाबा घर आएको बेला गरेको राजनीति गफ सुनेका थिए उनले । तर,नेकपा एमाले के हो कसो हो केही बुझेका भने थिएनन् । बा काका हजुरबुवा ठुलाबाहरूको गफले उनी बिस्तारै नेकपा एमालेप्रति जिज्ञासु बन्न थाले । उनले नेकपा एमालेलाई बिस्तारै केलाउन थाले । उनलाई पनि नेकपा एमालेमा आबद्ध हुन मन लाग्यो र २०५२ सालमा एमालेको भातृ सङ्गठन अनेरास्ववियुमा सङ्गठित हुने मौका पाए । र, उनले आफ्नो जीवनको सङ्गठित राजनीतिक यात्रा सुरुआत गरे । र,उनी स्कुल कमिटीको प्रारम्भिक सदस्य बने । उनी सङ्गठित भएको थाहा पाए पछि उनका परिवारले उनलाई थप ऊर्जा प्रदान गर्‍यो र उनी जाल्पा माविको प्रारम्भिक कमिटीको सचिव बने । उनको कार्यशैली र एमालेप्रतिको मोह त्यतिमै रोकिएन उनी निरन्तर लागिरहे लागिरहे । र,उनी फेरी प्रारम्भिक कमिटीको अध्यक्ष बने । त्यसपछि उनी बिस्तारै सांगठिनिक मार्गको दौरानमा दौडिए । उनी साबिक सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय कमिटीको अध्यक्ष बने । त्यसपछि उनी २०५७ सालमा अनेरास्ववियुको जिल्ला कमिटी सदस्य बने । उनको कार्यशैलीका कारण उनले २०५९ सालदेखि ६३ सालसम्म अनेरास्ववियुको जिल्ला सचिवको जिम्मेवारी पाए । त्यसपछि पनि उनलाई राजनीतिक थकाइले कत्ति पनि छोएन । उनी निरन्तर लागिरहे लागिरहे । त्यसपछि उनलाई पार्टीले ६३ देखि ६५ सम्म अनेरास्ववियु सिन्धुपाल्चोकको अध्यक्ष बनायो । त्यसपछि उनी अध्ययनका लागि काठमाडौँ आए र केन्द्रको राजनीति गर्न थाले । र,६५ सालदेखि ७० सम्म अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य बनेर काम गरे । उनलाई केन्द्रीय कमिटीले वाग्मती प्रदेश विशेष ब्युरोको प्रमुख बनायो । र २०७० सम्म त्यही बसेर काम गरे । नेकपा एमाले विद्यार्थी विशेष जिल्ला कमिटी काठमाडौँ जिल्ला सदस्य बनेर २०७१ सम्म काम गरे । त्यसपछि उनले सिन्धुपाल्चोक २ नम्बर क्षेत्रीय कमिटीको सचिवको भूमिका निर्वाह गरे । पछि उनी जिल्ला फर्किए र नेकपा एमाले जिल्ला कमिटी सदस्यमा रहेर भूमिका निर्वाह गरे । उनी हाल नेकपा एमाले इन्द्रावती गाउँ कमिटीको अध्यक्ष छन् । 


आचार्यको शैक्षिक योग्यता कति छ ? 

शिक्षित परिवारमा जन्मेका शशिनाथ आचार्यले जाल्पा देवी माध्यमिक विद्यालयबाट औपचारिक रूपमा शिक्षा लिएका थिए । जिज्ञासु स्वभावका आचार्यले नेपालीमा स्नातकोत्तर कानुनमा स्नातकोत्तर र राजनीति शास्त्रमा स्नातकोत्तर गरेका छन् । उनी अधिवक्ता समेत हुन् । उनी हाल जिल्ला बार एसोसियनको सचिवको भूमिकामा छन् । 

इन्द्रावतीमा आचार्य नै किन ? 

इन्द्रावती ५ लाई समृद्ध र इन्द्रावती ५ का जनतालाई सुखी बनाउन एमालेले जित्नुपर्ने आचार्य बताउँछन् । उनी इन्द्रावती ५ का जनता सुखी भएको हेर्न चाहन्छन् । इन्द्रावतीका हरेक नागरिक रोजगार भएको देख्न चाहन्छन् । त्यसैले उनी इन्द्रावती ५ मा युवाहरूमा रोजगारीको सिर्जना गर्ने प्रतिबद्धता गर्छन् । ‘इन्द्रावती ५ का हरेक युवालाई रोजगारीको सिर्जना गर्छौ । गफले हैन कामले गर्छौ । हाम्रो यात्रा त्यो हो जुन यात्रा इन्द्रावती ५ का हरेक युवाको रोजगारीको यात्रा हो’,उनले भने 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय