सिन्धुपाल्चोक । राष्ट्रिय प्राकृतिक स्रोत तथा  वित्त आयोगको पदाधिकारी र हेलम्बु गाउँपालिकाका जनप्रतिनिधि , कर्मचारी लगायतबीच अन्तरक्रिया कार्यक्रम  हेलम्बु गाउँपालिकाकामा सम्पन्न भएको छ ।

वित्त आयोगको काम,कर्तव्य तथा अधिकारलगायत विषयमा जानकारी  तथा उठेका जिज्ञासाको आयोगका अध्यक्ष पौडेल सदस्य  गुरुङले जानकारी दिनुभयो।

गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेल ,प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह वित्त आयोगका  सदस्य जुद्धबहादुर  गुरुङ ,हेलम्बु गाउँपालिकाका  उपाध्यक्ष अप्सरा लामिछाने , प्रमुख प्रशासकीय अधिकृत राजुभाइ श्रेष्ठ , वडा अध्यक्ष, सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको हो।

नेपालमा सङ्घीय शासन प्रणाली अवलम्बन गरिएसँगै तीन तहका सरकारहरुबीच गरिएको राज्य शक्तिको बाँडफाँटलाई वास्तविक अर्थमा कार्यान्वयन गर्नका लागि देशमा उपलब्ध प्राकृतिक एवम् वित्तीय स्रोतहरूको न्यायोचित वितरण सुनिश्चित गर्न नेपालको संविधानमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको व्यवस्था गरिएको छ।

सङ्घ, प्रदेश र स्थानीय सरकारहरूले एक आपसमा सहकारिता, सहअस्तित्व र समन्वयलाई प्रवर्द्धन गर्दै जनतालाई सेवा प्रवाह गर्नका लागि वित्तीय तथा प्राकृतिक स्रोतको प्रभावकारी परिचालन पूर्वशर्तका रूपमा रहने गर्दछ। यस आयोगले संविधान प्रदत्त अधिकार क्षेत्रभित्र रही तीनै तहका सरकारहरुबीच हुने वित्तीय हस्तान्तरण तथा प्राकृतिक स्रोतको सन्तुलित तथा समन्यायिक बाँडफाँट सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने गर्दछ।मूलतः यस आयोगले सङ्घ, प्रदेश र स्थानीय तहका सरकारहरूबीच हुने राजस्वको बाँडफाँट, वित्तीय समानीकरण अनुदान, सशर्त अनुदान तथा आन्तरिक ऋण र प्राकृतिक स्रोतको बाँडफाँटका सम्बन्धमा सिफारिस गर्ने कार्य गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय