काठमाडौं । गोकर्णेश्वर लाइट एकेडेमीले ५० हजार नगदसहित एसईईमा ४ जिपिए ल्याउने तीन जना विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

गोकर्णेश्वर नगरपालिका वडा नम्बर ४ मा रहेको एकेडेमीका ३६ जना विद्यार्थीहरुमध्ये तीन जनाले ४ जिपिएसहित उत्कृष्ट नतिजा ल्याएका छन् ।

सिन्धुपाल्चोककी प्रीति पौडेल, एलिसा राउत र सुजाता चालिसेले  ४ जिपिए ल्याउँदा एक जनाले ३.९६, एक जनाले ३.९५ र चार जनाले ३.९१ जिपिए प्राप्त गरेका छन् ।

३.६५ भन्दा माथि र ५ जनाले ३.४५ देखि ३.६० सहित समग्रमा ३.७७ जिपिए ल्याएकाहरुलाई पनि एकेडेमीले सम्मान गरेको छ ।

एकेडेमी गोकर्णेश्वर नगरपालिकामा प्रथम हुँदै काठमाडौं जिल्लाभित्र उत्कृष्ट नतिजा ल्याउने विद्यालयभित्र परेको गोकर्णेश्वर लाइट एकेडेमीका प्रधानाध्यापक सौर्यनाथ आचार्यले बताउनुभयो ।

शुक्रबार आयोजित एक कार्यक्रमबीच उहाँले आफ्नो विद्यार्थीहरुको मेहनत र परिश्रमले आफू भावविह्वल भएको बताउनुभयो ।

१३ वर्षदेखिको लगावलाई नतिजामुखि बनेकोमा आफू थप हौसिएको उहाँको भनाइ थियो ।

कार्यक्रमका प्रमुख अतिथि संघीय सांसद सन्तोष चालिसेले गोकर्णेश्वर लाइट एकेडेमीको कडा परिश्रमको सबल नतिजा आएको बताउनुभयो ।

स्वदेशमै पढ्न मिल्ने वातावरण भए लगानी खेर नजाने उहाँको भनाइ थियो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका मेयर दिपक रिसाल,मेलम्ची नगरपालिकाकी उपमेयर उमा प्रधानलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय