सिन्धुपाल्चोक। अखिल (क्रान्तिकारी) मेलम्ची नगरपालिकाको तेस्रो सम्मेलन सम्पन्न भएको छ । आज भएको भेलाले पुष्पकमल दाहालको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन गरेको छ ।

कमिटीको उपाध्यक्षमा अरुणा पाण्डे,नविन कार्की ,सचिवमा अर्जुन थापा,सहसचिवमा नवीन तामाङ,अनिश खनाल र कोषाध्यक्षमा मनिषा मिजार चयन हुनुभएको क्रान्तिकारी मेलम्ची नगर इन्चार्ज दिपक दनुवारले जानकारी दिनुभयो । 

सम्मेलनको बागमती प्रदेशका भौतिक पूर्वाधारमन्त्री तथा नेकपा माओवादी केन्द्र केन्द्रीय सदस्य युवराज दुलाल (शरद) ले उद्घाटन गर्नुभएको थियो । 

उद्घाटन गर्दै मन्त्री दुलालले सामाजिक विकासमन्त्री हुँदा आफूले बागमती प्रदेशको शिक्षा तथा विकासका क्षेत्रमा गरेका कामको जानकारी दिँदै अहिले पनि निरन्तर विकासकै काममा सक्रिय रहेको बताउनुभयो । 

उहाँले विद्यार्थीहरूलाई राजनीतिक क्षेत्रमा लागेर समाजसेवा र देशको विकासमा लाग्न प्रेरित गर्नुभयो । कार्यक्रमका विशेष अतिथि क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष पवन कार्कीले विगतदेखि वर्तमान सम्म क्रान्तिकारीले विद्यार्थीको हकहितका लागि गरेका कामको फेहरिस्त प्रस्तुत गर्दै अहिले पनि निरन्तर विद्यार्थीकै हितमा क्रान्तिकारीले काम गरिएको बताउनुभयो ।

कार्यक्रममा विद्यार्थी नेता तोकबहादुर तामाङ,क्रान्तिकारीका जिल्ला अध्यक्ष क्षितिज तामाङलगायतले आफ्नो भनाइ राख्नुभएको थियो । साथै सम्मेलनका क्रममा विद्यार्थी र मन्त्रीबीच अन्तरक्रिया समेत गरिएको थियो ।

विद्यार्थीहरूले मन्त्री दुलाल समक्ष आफ्नो विद्यालयमा भएका समस्याहरू सुनाएका थिए । विद्यार्थीहरूले विद्यालयमा खेलकुदको अभाव,समयमै शिक्षक नियुक्ति नहुने,गुणस्तरीय शिक्षामा कमी हुँदै गएको लगायतका विषयमा ध्यानाकर्षण गराएका थिए । जवाफमा मन्त्री दुलालले यी समस्या समाधानका लागि आफूले पहल र प्रयत्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय