काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किँदै गरेकी छात्रामाथि गोली प्रहार भएको छ । हिमालय माद्यामिक विद्यालयमा अध्ययनरत छात्रामाथि गोली प्रहार भएको हो ।

उनी उदयपुरकी एनिका अधिकारी हुन् । उनको अवस्था गम्भीर छ । इलाका प्रहरी कार्यालय दमकका अनुसार उनी दमकमा डेरा गरी बसेर बढ्दै आएकी थिइन् ।

उनलाई गोली हान्नेको पहिचान भइसकेको छ । सिरहाका अमितकुमार यादवले बाटो ढुकेर गोली हानेको प्रहरीले जनाएको छ । गोली हान्नुको कारण र गोली हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय