काठमाडौँ । ‘उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लिमिटेड’ले आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाएको छ । सहकारीले शनिवार रत्तदान,सदस्य शिक्षा एवम् बनभोज कार्यक्रम गरेर मनाएको हो ।

पूर्वी क्षेत्रको अब्बल सहकारीको रूपमा रहेको यस संस्थाले प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै आईरहेको छ । यो वर्ष सहकारीले साँखुमा बनभोज,साँस्कृतिक कार्यक्रमसहित रत्तदान कार्यक्रम राखेको थियो । राष्ट्रिय कलाकारहरुको समेत उपस्थिति रहेको कार्यक्रममा ३ सय भन्दा बढी शेयर सदस्यहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक पशुपति तिमल्सिनाले जानकारी दिनुभयो । उहाँले उज्याले संपदले प्रत्येक वर्ष रचनात्मक कार्यक्रम गर्दै आइरहेको र आगामी दिनमा पनि यस्तै रचनात्मक काम गर्ने बताउनुभयो ।

कार्यक्रममा लोक गायक सुर्यमणि आचार्य,भिमशेन खतिवडालगायत कलाकारहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय