सिन्धुपाल्चोक । सडक डिभिजन कार्यालय दोलखा चरिकोटले २०८० वैशाख २६ गते जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकलाई एउटा पत्र लेख्यो । पत्रमा लामो साँघु जिरी सडक खण्डको दायाँ-बायाँ कुनै पनि घर टहरा निर्माण नगर्न र निर्माण भएका घर टहरा तत्कालै हटाउन निर्देशन दिइएको थियो ।

 सडक कार्यालयले यस्तो पत्र लेखे पनि  जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले भने हालसम्म पनि अवैध घर टहरा  हटाउन कुनै तदारुकता देखाएको छैन ।  सडक डिभिजन कार्यालयको पत्रलाई बेवास्ता गर्दै जिल्ला प्रशासन कार्यालयले राजनीतिक दबाबमा उल्टै घर टहरा निर्माणमा सहजीकरण गरिरहेको पाइएकाे छ । 

लामो साँघु जिरी सडक खण्डको खाडी चौर पुल नजिकै मुख्य सडकको बायाँतर्फ सडक मापदण्ड विपरीत सुनकोसी गाउँपालिका–७ का राजेन्द्र कार्कीले सडकमा आवतजावत गर्न नै समस्या हुने गरी टहरा निर्माण गरेपछि त्यसलाई रोकी पाउँ भन्दै स्थानीयले सडक डिभिजन चरिकोट र सुनकोसी गाउँपालिकालाई अनुरोध गरेका थिए ।

सुनकोसी गाउँपालिकाले पनि स्थलगत निरीक्षण गरेर निर्माण भइरहेको संरचना राजमार्गको सडक मापदण्ड, सडकको केन्द्रबाट १५ मिटर र सेट ब्याक ६ मिटर रहेकोमा उक्त निर्माणाधीन टहराको दक्षिण मोहोडा लामो साँघु–जिरी सहायक राजमार्गको सडक केन्द्रबाट ९ मिटर भित्र पर्ने र पुरै संरचना सडक केन्द्रबाट १५ मिटर भित्र पर्ने देखिएको प्रतिवेदन बुझाएको थियो । 

डिभिजन सडक कार्यालय चरिकोट र गाउँपालिकाल समेत निर्माण भइरहेको संरचना अवैध र नियम विपरीत भएको भने पनि कार्कीले  संरचना बनाउन रोकेका छैनन् । 

त्यसाेत त  जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी निरञ्जन श्रेष्ठकै हस्ताक्षरमा मिति २०८० जेठ ३ गते गते सुनकोसी गाउँपालिकालाई पत्र लेखेर अवैध घर टहरा हटाउन भनिएकाे  थियाे ।

पत्र लेख्ने र यता उता पठाएर पन्छिने काम सबै सरकारी नियकाबाट हुँदै आएकाे स्थानीयहरु बताउँछन् । गर्ने केही हैनन्, यताबाट उता, उताबाट पत्र लेख्छन्, यता अवैध संरचना बनाउनेले बनाएकै छ, देखाउने र चपाउने दाँत फरक फरक देखियो, प्रशासनकै मिलोमत्तो हुन सक्छ’स्थानीयहरुले भने । 

डिभिजन सडक कार्यालय,सुनकोसी गाउँपालिका,जिल्ला प्रशासन कार्यालय र प्रहरीले समेत अवैध घर टहरा नहटाएपछि स्थानीय बासिले उच्च अदालतसम्म पुगेका छन् । उच्च अदालतले समेत निर्माण भइरहेको संरचना अवैध भन्दै कानुन बमोजिम गर्न भनेको छ । सबै क्षेत्रबाट निर्माण भइरहेको संरचना अवैध भने पनि निर्माण गरिरहेको संरचना हटाउन भने कसैले पनि अग्रसरता नलिएको स्थानीयको भनाई छ ।  नेपाली काँग्रेसका नेताहरूको दबाबका कारण अबैध टहरा भत्काउन जिल्ला प्रशासन कार्यालय नै अनदेखा गरेको स्थानीयबासीहरुको भनाई छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र डिभिजन सडक कार्यालयलाई हटाउन भनेर पत्र पठाए पनि सहायक प्रमुख जिल्ला अधिकारी श्रेष्ठले नै  भित्री हिसाबले घर टहरा निर्माण गरिरहेका राजेन्द्र कार्कीलाई टहरा निर्माणका लागि ग्रिन सिग्नल दिएको स्रोतको दाबी छ ।

‘डिभिजन सडक कार्यालय चरिकोट र गाउँपालिकाले समेत निर्माण भइरहेको संरचना अवैध र नियम विपरीत भएको भने पनि सहायक प्रमुख जिल्ला अधिकारी  श्रेष्ठले नेपाली काँग्रेसका नेताहरूको दबाब पछि उक्त टहरा बनाउनका लागि ग्रिन सिग्नल दिएका हुन्’,स्रोतले भन्यो ।

सहायक प्रमुख जिल्ला अधिकारी निरञ्जन श्रेष्ठले भने आफु कसैको दबबामा परेको भन्ने कुरा सत्य नभएको बताउनुभयो । आफुहरु कसैको दबाबमा परेको भन्दा पनि संरचना भत्काउने काम स्थानीय तह वा उक्त संरचना जस्को जमिनमा परेको हो त्यही निकाय भएको उहाँले बताउनुभयो । सडकको भए सडक, बनको भए बनले हटाउने हो, हामीले भत्काउनु भनेर पत्राचार गर्ने हो, त्यो हामीले गरेका छौ, भत्काउने बेलामा आवश्यक सुरक्षा प्रबन्ध गर्नु परे हामी तयार छौ ’श्रेष्ठले भन्नुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय