सुनकोसी गाउँपालिका–५ नम्बर वडाले दसैँको पूर्व सन्ध्यामा वडाभित्रका ज्येष्ठ नागरिक,सुत्केरी महिला बालबालिकाहरूलाई विभिन्न सामग्रीहरू प्रदान गरेको छ । 

वडा कार्यालयको लक्षित वर्ग कार्यक्रमअन्तर्गत ज्येष्ठ नागरिकहरूलाई हर्लिस् र एक थान थर्मस,सुत्केरी महिलाहरूलाई पोषणका सामग्रीहरू अण्डा,गेडागुडीलगायत विभिन्न प्रकारका मसलाहरू प्रदान गरेकाे हाे । 

सुनकोसी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना,वडाध्यक्ष जालबहादुर लामाले सुत्केरी र वृद्धाहरूलाई उक्त सामग्री प्रदान गरेका थिए । वडा कार्यालयको लक्षित कार्यक्रमअन्तर्गत नै सरस्वती आधारभूत विद्यालय सिल्कुमा अध्ययनरत सबै विद्यार्थीहरूलाई स्कुल ब्याग,महिला समूहको कार्यालयका लागि आवश्यक फर्निचर पनि वडाले उपलब्ध गराएको थियो ।

त्यस्तै,युवा तथा खेलकुद कार्यक्रमअन्तर्गत भुमेश्वरी माध्यामिक विद्यालय ,रतनकोट आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालयलाई खेलकुदका सामग्रीहरू पनि प्रदान गरिएको थियो । दलित लक्षित कार्यक्रमअन्तर्गत सीप प्रवर्धनका लागि सामूहिक रुपमा एक थान वाइल्डीङ मेशिन पनि प्रदान गरिएको वडाध्यक्ष जालबहादुर लामाले जानकारी दिए । 

दशैको मुखमा वडा कार्यालयले वृद्धा,महिलालगायत सबैलाई समेटेर आवश्यक सामग्रीहरू प्रदान गरेरकाेमा सुनकोसी गाउँपालिका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले खुसी ब्यक्त गरे । आगामी वर्षहरुमा पनि गाउँपालिकासँग समन्वय गरेर यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने वडाध्यक्ष लामाले बताए ।

वडाबाटै भत्ता वितरण सुनकोसी गाउँपालिकाले वडाबाटै सामाजिक सुरक्षा भत्ता प्रदान गर्न सुरु गरेपछि वडा नम्बर ५ ले पनि वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता प्रदान गरेको छ । 

वडा कार्यालयमा आयोजित भत्ता वितरण कार्यक्रममा सुनकोसी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युगबहादुर खडका र वडाध्यक्ष जालबहादुर लामाले भत्ता वितरणको सुरुवात गरेका थिए । सिन्धु विकास बैङ्कसँग समन्वय गरेर वडा कार्यालयबाटै भत्ता वितरण गरिएको वडाध्यक्ष लामाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय