काठमाडौँ । सङ्गीतकार लक्ष्मण पोखरेलको सङ्गीतमा रहेको आधुनिक गीत ‘कहाँ बिराएँ’ सार्वजनिक भएको छ । गीतमा चर्चित गायिका अन्जु पन्तको स्वर र गीतकार टि एन आचार्यको शब्द रहेको छ । 

कलाकार तथा मोडल जानकी कुँवरको सशक्त अभिनय रहेको म्युजिक भिडियोको देवेन्द्र कुँवरले निर्देशन गरेका छन् । ‘प्रिन्सेस फिल्मस्’ले निर्माण गरेको भिडियोमा प्रतिक आचार्य र एन्जीला कार्कीले समेत अभिनय गरेका छन् ।

गीतकार टि एन आचार्यको परिकल्पनामा निर्माण गरिएको गीतमा अशोक थापाले सङ्गीत संयोजन मनोज डङ्गोलले मिक्सिङ मास्टरिङ गरेका छन् ।

प्रिन्सेस फिल्मस् युटुव च्यानलबाट सार्वजनिक गरिएको गीतलाई टेकेन्द्र शाहीले सम्पादन तथा राम केसीले छायाङ्कन गरेका छन् ।

अहिलेका व्यस्त सङ्गीतकारका रुपमा आफूलाई परिचित गराएका लक्ष्मण पोखरेल पनि ‘कहाँ बिराएँ’ गीतबाट आशावादी रहेको बताउँछन् ।

यो गीत आँखाले भन्दा पनि मन मस्तिष्कले सुन्ने भएकोले सबैलाई मन पर्नेमा सङ्गीतकार लक्ष्मण ढुक्क छन् । उनले दर्जनौँ गीतमा सङ्गीत भरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय