सिन्धुपाल्चोक । इन्द्रावती गाउँपालिकाले ६० वर्ष माथिका एकल असाहाय पुरुषलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ । इन्द्रावती गाउँपालिकाभर रहेका असाहाय अपाङ्ग एकल पुरुषहरुका लािग मासिक ५ सयका दरले भत्ता वितरण गरेको हो ।

६० वर्ष नाघेका असाहाय एकल पुरुष हो भनि वडा कार्यलयबाट सिफारिस लाभग्राहीका लागि गाउँपालिकाले बैँक खातामा सिधै रकम जम्मा हुने गरी मेघा,एनसिसि र सिन्धु बैङ्कलाई पत्राचार गरेको छ ।

इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले गत सम्पन्न स्थानीय तहको निर्वाचनमा आफू निर्वाचित भएपछि एकल पुरुषहरुका लािग ५ सयका दरले भत्ता दिने घोषणा गर्नुभएको थियो । त्यही अनुरुप गाउँपालिकाले असत्त एक पुरुषहरुका लागि पनि भत्ताको व्यवस्था गरेको हो । इन्द्रावती गाउँपालिकाभर एकल पुरुषको भत्ता लिने लाभग्राही ६१ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय