​​​​​​​सिन्धुपाल्चोक । जिल्लाको पाँचपोखरी थाङपाल गाउँपालिका-७ भोटेनाम्लाङमा रहेको भोटेनाम्लाङ माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई झाँक्री चढ्न थालेपछि विद्यालय बन्द गरिएको छ ।

स्थानीय जननिश्वासअनुसार अधिकांश बिद्यार्थीहरुलाई एकपछि अर्को गर्दै झाँक्री चढ्दै गएको र विद्यार्थीहरूमा शारीरिक तथा मानसिक समस्या देखिन थालेपछि मङ्सिर २८ र २९ गते २ दिनको लागि विद्यालय बन्द गर्नु परेको विद्यालयका प्रधानाध्यापक गोपीकृष्ण पराजुलीले बताउनुभयो ।

उहाँले विद्यार्थीहरूको नियमित स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिई आगामी पौष १ गतेबाट नियमित पठनपाठन हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय