![](http://subhatime.com/wp-content/uploads/2023/10/collage.jpg)
सिन्धुपाल्चोक । ‘झोल साबुन तथा डिटरजेन्ट’ बनाउने पाँच दिने तालिम मेलम्चीमा सम्पन्न भएको छ ।
ग्रामीण शिक्षा तथा वातावरण विकास केन्द्र (रिड नेपाल) को आयोजनामा भएको तालिममा मेलम्ची नगरपालिका वडा नम्बर १० र ११ का माझी र दनुवार समुदायका १४ जनाको सहभागिता रहेको परियोजना संयोजक शोभा सुवेदीले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि मेलम्ची नगरपालिकाका शिक्षा शाखा प्रमुख रवि शर्माले तालिममा सहभागीहरूलाई उद्देश्य पच्छ्याउँदै अगाडि बढ्न आग्रह गर्नुभयो । उहाँले संस्थाले गरेको लगानीलाई खेर जान नदिने गरी काम गर्न आग्रह गर्नुभयो ।
शर्माले बजारीकरणका लागि नगरपालिकाले गर्ने समन्वयमा सधैँ तयार रहेको भन्दै तालिमको लागि तालिममात्र नभएर व्यवहारिक जीवनमै प्रयोग गर्न आग्रह गर्नुभयो । कार्यक्रममा रेडियो मेलम्चीका स्टेसन म्यानेजर देवराज सुवेदीले तालिममा उपलब्ध सिकाइलाई सिपमा परिणत गरी निरन्तरता दिन आग्रह गर्नुभयो । उहाँले सिपलाई निरन्तरता दिँदा स्थानीय तह लगायत विभिन्न सङ्घ संस्थाहरूले पनि सहयोग गर्ने उदाहरण प्रस्तुत गर्नुभयो ।
प्रशिक्षक मैया दाहालले दैनिक जीवनमा प्रयोग हुने वस्तु भएकाले नगरपालिकाले पनि यसलाई अगाडि बढाउन सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले यसबाट आयआर्जन गरी आयस्रोत बढाउन सजिलो हुने भएकाले सिपको प्रयोग गर्न सुझाउनुभयो ।
दाहालले संस्थालाई पनि अनुगमन तथा आइपर्ने समस्याको बारेमा जानकारी लिन आग्रह गर्नुभयो । सहभागी सिर्जना माझी र चमेली दनुवारले तालिम उपलब्धि मूलक भएको बताउँदै तालिममा सहभागी गराएकोमा संस्थालाई धन्यवाद दिनुभयो ।
उहाँहरूले सिकेका सिपलाई आगामी दिनमा व्यवहारमा लागु गर्ने प्रतिबद्धता जनाउनुभयो । परियोजना संयोजक सुवेदीको अध्यक्षतामा भएको कार्यक्रम परियोजना अधिकृत सुशीला कँडेलले सञ्चालन गर्नुभएको थियो ।
![No description available.](https://scontent.fktm20-1.fna.fbcdn.net/v/t1.15752-9/385507129_1046007140176883_5935758448569771695_n.jpg?_nc_cat=103&ccb=1-7&_nc_sid=8cd0a2&_nc_ohc=7KWbxjNVMOwAX_URX9H&_nc_ht=scontent.fktm20-1.fna&oh=03_AdRRnJTPKIbQiFZtusQg4tYVvGQJJvQqkugRNIB33cvuJw&oe=654F1D60)
![No description available.](https://scontent.fktm20-1.fna.fbcdn.net/v/t1.15752-9/370236195_791848126080829_3422096257027567799_n.jpg?_nc_cat=108&ccb=1-7&_nc_sid=8cd0a2&_nc_ohc=FJa1S8VHi74AX9gSFWK&_nc_ht=scontent.fktm20-1.fna&oh=03_AdRizi106nba1AHI3UxZvS2H_JjLCowXDJzBnZ6oSpXPKQ&oe=654F352F)