सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोक क्षेत्र नम्बर २ प्रदेश सभा ‘क’ का उम्मेदवार अमान सिंह तामाङमाथि हातपातको प्रयास भएको छ । शुक्रवार चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ७ सानोसिरुवारीमा घरदैलोको कार्यक्रमका लागि जाने क्रममा एमाले उम्मेदवारमाथि सोही क्षेत्रमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका उम्मेदवार युवराज दुलालको टोलीले आक्रमणको प्रयास गरेको हो ।

‘घरदैलो कार्यक्रमका लागि जाने क्रममा साविक सानोसिरूवारि गाविस वडा नं २ बिसौनाडाडामा गठबन्धनबाट प्रदेश सभा सदस्य पदका उम्मेद्वार नेकपा माओवादी केन्द्रका नेता युवराज दुलाल शरदका बुबा गुरुप्रसाद दुलाललगायत केही व्यक्तिहरूबाट अपशब्द बोल्नेलगायत हातपातको प्रयाससमेत भएको छ ’, नेकपा एमाले चौतारा सागाचोकगढी नगरपालिका वडा नं ७ का अध्यक्ष महेश धितालले बताउनुभयो ।

एमाले उम्मेदवारमाथि भएको आक्रमण असह्य रहेको भन्दै एमाले वडा नम्बर ७ ले विज्ञप्ति जारी गरेको छ । ‘यस्ता व्यवहारले लोकतन्त्रमा उम्मेद्वारले जनतासँग भोट माग्ने अधिकारमाथि कुठराघात गरेको ठहर गर्दछ । आगामी दिनहरूमा पनि यस्ता कार्यहरू भएमा हाम्रो पार्टि पनि सोच्न बाध्य हुनेसमेत जानकारि गराउँदछु’,विज्ञप्तिमा भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय