सिन्धुपाल्चोक । चौतारा पुरानो बजारस्थित १ सय १५ वर्ष पुरानो ऐतिहासिक एवम् पुरातात्त्विक महत्त्व बोकेको कृष्ण मन्दिरको निवर्तमान सभामुख अग्नी प्रसाद सापकोटाद्वारा उद्घाटन गरिएको छ ।

बुधवार एक कार्यक्रमका बिच श्रीकृष्ण जन्माष्टमीको दिन पारेर उक्त मन्दिरको सापकोटाले रिबन काटेर उद्घाटन गर्नुभएको हो ।

उहाँले कृष्ण मन्दिर जस्तै पुरातत्त्व महत्त्व बोकेका मन्दिरहरूको खोज अनुसन्धान गरी यस्ता मन्दिरहरूलाई संरक्षण ,संवर्धन गर्नुपर्ने बताउनुभयो । संस्कृति आत्मा हो भन्दै परम्परा संस्कृतिलाई जोगाई राख्नुपर्ने बताउनुभयो । आ-आफ्नै परम्परा संस्कृति छन् तिनीहरूलाई जोगाई युवा पुस्तालाई बोध गराई नैतिक शिक्षा दिनु आजको आवश्यकता रहेको उहाँको भनाई थियो ।

यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले नगरपालिका यस्ता पुरातात्त्विक सम्पदाको संरक्षणमा सधैँ लागिरहने बताउनुभयो । ‘यो हाम्रै सम्पत्ति हो, यसको जगेर्ना हामी आफैँले गर्नुपर्दछ,’ सापकोटाले भन्नुभयो ।

छोटो समयमै ऐतिहासिक पुरातात्त्विक, सांस्कृतिक, धार्मिक र शैक्षिक महत्त्व बोकेको यो मन्दिर पुनःनिमार्ण भएकोमा खुसी व्यक्त गर्दै निर्माण कार्य सम्पन्न गर्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा लागी पर्नुहुने सम्पूर्णमा धन्यवाद समेत व्यक्त गर्नुभयो । नगर क्षेत्रभित्रका प्रयर्टन क्षेत्रको र प्रयर्टन क्षेत्र निर्माणको लागि निरन्तर नगरपालिका नगरपालिका अग्रसर रहिरहने उहाँको प्रतिबद्धता छ ।

लोप हुने अवस्थामा रहेका सांस्कृतिक एवम् पुरातात्त्विक महत्त्व भएका सम्पदाहरूलाई पुनः जीवन दिनु जरुरी छ । १९६४ सालमा निर्माण भएको कृष्ण मन्दिर २०७२ सालको भूकम्पले ध्वस्त बनाएको कृष्ण मन्दिर बनेपछि स्थानीय खुसी भएका छन् । २०७९ फागुन १२ गते निवर्तमान सभामुख सापकोटाले नै शिलान्यास गर्नुभएको थियो । 

यो मन्दिर भूकम्प गएको झन्डै सात वर्षपछि मन्दिर पुनर्निर्माण भएको थियो। पुरातत्त्व विभाग काठमाडौँद्वारा २ करोड लागतमा मन्दिर बनेको हो । मन्दिर निर्माणमा प्रयोग गर्ने सामाग्री र मन्दिरको शैली पुरानो डिजाइनकै छ । प्यगोडा शैलीको मन्दिर रहेको छ ।हरेक कृष्ण जन्माष्टमीको अवसरमा यहाँ दुई दिन भव्य मेला लाग्दै आएको छ । यस वर्ष पनि बिहानैदेखि मन्दिरमा भक्तजनको घुइँचो लागेको कृष्ण मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

कुनै बेला हाल मन्दिर रहेको स्थानमा सिस्नुको घारी रहेको थियो । सो स्थानबाट मध्यरातमा बाँसुरीको धुनको आवाज आउने र धुन सुनेर स्थानीय सो स्थानमा जाँदा धुन आफसेआफ हराउने गर्थ्यो ।मध्यरातमा बाँसुरीको धुनको आवाज आएका कारण सोही स्थानमा कृष्णको मन्दिर बनाइ पूजाआजा गर्दै आएको जनश्रुति पाइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय