सिन्धुपाल्चोक । नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोकको आयोजनामा चौतारामा डिजिटल पत्रकारिता तथा क्षमता अभिवृद्धि तालिम सुरु भएको छ ।

शुक्रबार तालिम उद्घाटन गर्दै चौतारा नगरपालिका प्रमुख कृष्णप्रसाद सापकोटाले पत्रकारको क्षमता अभिवृद्धिमा नगरको साथ समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाले सिन्धुपाल्चोकको पत्रकारिता क्षेत्रलाई मूलधारमा लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो।उहाले तालिमबाट पत्रकारको क्षमता अभिवृद्धिमा टेवा पुग्ने विश्वास लिनुभयो।

सामाजिक रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाले पत्रकारले पनि सत्य, तथ्य सूचना सम्प्रेषण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।

साथै बागमती प्रदेश सञ्चार रजिस्ट्रार रेवति सापकोटाले विश्वव्यापी रुपमा प्रविधिले फड्को मारिसकेको अवस्थामा सञ्चारकर्मीले पनि आफूलाई समयानुकूल दक्ष बनाउन आवश्यक भएको बताउनुभयो।

सङ्गै यस्ता तालिमहरुमा लगाएत सञ्चार रजिस्ट्रार कार्यलयको तर्फबाट आफुले सक्दो साथ सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। पत्रकार महासंघका केन्द्रीय सदस्य बबिन शर्माले पत्रकारिता क्षेत्रलाई समयसापेक्ष अघि बढाउन यस किसिमका तालिमले सघाउने धारणा राख्नुभयो।

यस्तै नेपाल पत्रकार महासंघ दोलखा शाखा अध्यक्ष दिपशङ्कर चौलागाईले डिजिटल पत्रकारिता आजको आवश्यकता हो भन्नुभयो। सोहि कार्यक्रममा नेपाल पत्रकार महासगका अध्यक्ष जीवन श्रेष्ठले प्रविधिको विकाससँगै सञ्चारमाध्यम र सञ्चारकर्मी पनि त्यही रुपमा अघि बढ्नुपर्ने वास्तविकतालाई दृष्टिगत गरी दुई दिने तालीम आयोजना गरिएको बताउनुभयो ।

उक्त तालिमको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि चौतारा सागाचोकगढि नगरपालिका मेयर कृष्णप्रसाद सापकोटा,विषेश अतिथि बागमती प्रदेश सञ्चार रजिस्ट्रार रेवति सापकोटा ,नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य बबिन शर्मा ,नेपाल पत्रकार महासंघ दोलखा अध्यक्ष दिपशङ्कर चौलागाई,नेपाल पत्रकार महासंघ सिन्धुपाल्चोक अध्यक्ष जीवन श्रेष्ठ सहित पत्रकार महासंघ सिन्धुपाल्चोक सबै टिम लगाएत पत्रकारहरु र अन्य प्रमुख व्यक्तित्वहरुको उपस्थित रहेको छ ।

कार्यक्रम संचालन महासंघ सचिव विदुर आचर्यले गर्नुभयो । तालिममा करिब ४० जनाको सहभागिता छ । चौतारा नगरपालिकाको सहयोगमा नेपाल पत्रकार महासघ सिन्धुपाल्चोकको हलमा सुरु भएको तालिम २ दिनसम्म चल्नेछ ।

यसअघि चौतारा सागाचोकगढि नगरपालिकाको सहयोगमा सुचनाको हक सम्बन्धि बिहीबार नेपाल पत्रकार महासघ सिन्धुपाल्चोकको आयोजनामा एक दिने तालिम गरिएको थियो।प्रशिक्षक प्रभात श्रेष्ठ र बिनय बजगाई हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय