सिन्धुपाल्चोक । निर्माणधीन सिता जलविद्युत आयोजनाहरुले चरम लापारवाहीका कारण जुगल गाउापालिका ३ गुम्बाका स्थानीयले जीवनरक्षाको माग गरेका छन् । जुगल गाउँपालिकामा गत फागुन ३ गते नोर्जिवाङमु लामाको करेन्ट लागेर मृत्यु भएपछि स्थानीय आन्दोलित भएका हुन् ।

आफ्नो वारीमा आलु रोप्दै गर्दा सोमरानी सहित राजमान र सोमरानी तामाङ घाईते भएका छन् । यसको केही दिन अघि मात्र पनि करेन्ट लागेर सोही ठाउँमा एक जनाले ज्यान गुमाएका थिए । मृतकका आफन्त सहित जुगल ३ गुम्बाका स्थानीयले विहीबार जिल्ला सदरमुकाम चौतारामा पत्रकार सम्मेलन गर्दै निर्माणाधीन जलविद्युत आयोजना, नेपाल विद्युत प्राधिकरण र स्थानीय प्रशासनको लापरवाहीले जनताको ज्यान जोखिममा परेको जनाएका छन् ।

घटना पुर्वको सतर्कता नअपनाएको घटना पछि पनि घाईते तथा मृतकप्रति कुनै चासो नदिएको स्थानीयको आरोप छ । स्थानीय प्रशासनले छलफलका लागि जलविद्युत आयोजना तथा प्राधिकरणलाई समन्वय गर्दा पनि छलफलमा सहभागी नभएको उनीहरुले बताएका छन् ।

यस्ता लापारवाही रोक्दै मृतक र घाईतेको उतिच उपचार र क्षतिपूर्ति नगराए आयोजना संचालन हुन नदिने
उनीहरुले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय