सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले बाँदर नियन्त्रण कार्यक्रम प्रभावकारी बनाउने भएको छ । 

बुधवार नगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा बाँदर आतङ्क सम्बन्धी ब्यापक गुनासो सुनिएपछि नगरपालिका प्रमुख बालकृष्ण बस्नेतले बाँदर नियन्त्रणलाई प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो । 

सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्नुहुँदै नगर प्रमुख बस्नेतले भन्नुभयो,’बाँदर सम्बन्धी गुनासो धेरै आएको छ । यसलाई नगरपालिकाले गम्भीर हिसाबले लिएको छ ।’

उहाँले भाले बाँदरलाई बन्ध्याकरण र पोथी बाँदरलाई सँगिनी सुई लगाउनुपर्ने बताउनुभयो । ‘भाले बाँदरलाई बन्ध्याकरण र पोथी बाँदरलाई सँगिनी सुई लगाउन नगरपालिका लाग्ने छ । म स्वास्थ्य शाखाका प्रमुखलाई निर्देशन दिन चाहन्छु,’उहाँले भन्नुभयो । 

सुझाब पेटिका,समुदायस्तरमा गरिएको सुझाव संकलन र सार्वजनिक सुनुवाइमा सर्वसाधारणबाट व्यापक गुनासो आएपछि नगरपालिकाले सो नीति अवलम्बन गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय