काठमाडौँ । हेलम्बु गाउँपालिकाले कक्षा १ मा भर्ना हुने छात्राहरूका लागि बैङ्क खातामा १ लाख रुपैयाँ जम्मा गरिदिने भएको छ । 

आइतबार गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा शैक्षिक विकासको लागि शून्य ड्रप आउटको नीति अवलम्बन गर्न सो नीति अवलम्बन गर्न लागिएको गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । 

गाउँपालिका भित्रै विद्यालय पुरा नभई बिचमै पढाई छोड्ने विद्यार्थीहरूको सङ्ख्या बढ्दै गएकाले आगामी शैक्षिक सत्रदेखि प्रत्येक विद्यालयमा वाल विकास कक्षा पार गरी कक्षा १ मा भर्ना हुने प्रत्येक छात्राको खातामा १ लाख रुपैयाँ जम्मा गरिदिने नीति अघि सारिएको अध्यक्ष शेर्पाले बताउनुभयो । 

सो रकम स्नातक दोस्रो वर्षसम्म अध्ययन गरेमा निज छात्राले नै खर्च गर्न पाउने तर उक्त तहसम्म अध्ययन नगरेमा गाउँपालिकाले स्वतः फिर्ता लिने नीतिगत व्यवस्था गरी अगाडि बढाइने अध्यक्ष शेर्पाले जानकारी दिनुभयो ।

गाउँपालिकाले पालिका भित्रको शिक्षालाई समान रूपले अगाडी बढाउने उद्देश्यका साथ गाउँपालिका भित्र रहेको संस्थागत विद्यालयका विद्यार्थीहरूलाई पनि दिवा खाजामा समावेश गराउनुका साथै विद्यालयलाई लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्ने र विद्यार्थीसँग कुनै पनि शुल्क लिन नमिल्न नीति अगाडी बढाइएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय