सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा प्राविधिक धारतर्फको सिभिल इन्जिनियरिङ फ्रीमा पढाई हुने भएको छ ।

जिल्लाको ग्रामीण भेग हेलम्बुमा कक्षा ९ देखि कक्षा १२ सम्म ४ वर्षे डिप्लोमा इन्जिनियरिङ पढाइ हुने भएको हो ।

हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाको विशेष पहलमा शुक्रबार मन्त्री स्तरीय निर्णयबाट हेलम्बु मोडेल माध्यामिक विद्यालयमा विशेष अनुदान सहित प्राविधिक धारतर्फको पढाइ हुने भएको हो ।

अध्यक्ष शेर्पाले शिक्षा स्वास्थ्य रोजगारीमा हेलम्बुलाई नमुना गाउँपालिका बनाउने घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय