सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा अझै मतगणना सुरु हुन सकेको छैन । जिल्लाका सबै बुथका मतपेटिका आएपनि मुख्य निर्वाचन अधिकृतका कारण मतगणना सुरु हुन नसकेको हो ।

दिउँसो १ बजेबाट सुरु हुने भनिएको मतगणना अझै सुरु हुन सकेको छैन । प्रतिनिधि राख्ने विषयमा विवाद रहेको एमाले उम्मेदवार शेर बहादुर तामाङका सचिवालय सदस्य सुशील सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार अब केहि बेरमा मतगणना सुरु हुनेछ ।

जाडोका कारण मतगणना स्थलमा मतगणना गन्न गएका विभिन्न दलका कार्यकर्ताहरु कठ्याङ्रीरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय