काठमाडौं / युवा पुस्तालाई लक्षित गरि तयार पारिएको आलु जस्तो लवको अफिसियल टेलर सार्वजनिक गरिएको छ । आज बानेश्वर थापागाँउमा एक कार्यक्रमका विच टेलर सार्वजनिक गरिएको हो ।


टेलर सार्वजनिक कार्यक्रममा बोल्दै लेखक निर्देशन देव धिमालले आफनो मेहेनतलाई दर्शकले स्विकार्नु हुन्छ हुदैन आगामी दिनले देखाउनेछ दर्शकले दिएको ताली गाली मलाई स्विकार्य छ । यो मेरो लागि चुनौती र अवसर दुवै रुपमा लिएको उहाँले बताउनुभयो ।


उहाले भन्नुभयो सिरिजमा सबै कलाकार र युवा नयाँ छन ,कथावस्तु पनि अहिलेको युवाहरुको प्रेममा आउने आरोह अवरोहको विषयमा छ त्यो हुदा युवापुस्ताले मन पराउने बिश्वास लिएको छु उहाँले भन्नुुभयो । One Song Magazine आफ्नो वेबसाइटमा यस श्रृंखलाको बारेमा थप लेखेका छन् ।
हामीले सिरिजलाई टेलिभिजनहरु संग पनि कुराकानी गरिरहेका छौ सायद चाडैं टेलिभिजनमा पनि दर्शकले हेर्न पाउनु हुनेछ उहाँले भन्नुुभयो े ,

नयाँ कलाकारहरुको उल्लेखिय उपस्थिति रहेको यस सिरिजको मुख्य भुमिकामा दिवस नाथ, प्रियंका श्रेष्ठ ,प्रियन्सी श्रेष्ठ ,सोनियो रन्जित ,पुनम परियार ,सुमन थोप्रा लिम्बू ,भिमसेन खतिवडा ,राजकुमार शाह,विजय राज भुर्तेल,राजिव धिमाल कृष्णप्रसाद धिताल ,सविना गहतराज रोजिना गौतम अर्जुन थापा लगायतको अभिनय रहेको छ ।


विजयराज फिल्मसको सहकार्यमा निर्माण गरिएको सिरिजको छायांकन नमराज घिमिरे ( प्रवेश राईले गरेका छन भने विजय राज भुर्तेल सम्पादन रहेको सिरिजको मन्जु कुमारी फुयाँल र अनिता सुवेदी धिमालको लगानी रहेको रहेको छ । टेलर आलु जस्तो लव युटुव च्यानल बाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय