काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का सचिवालय सदस्य तथा कार्यालय उप-प्रमुख सन्जिव धितालले आगामी फागुन २ देखि ४ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

विद्यार्थीको हक,हित र शैक्षिक मुद्दाहरुलाई संस्थागत तवरबाट हल गर्नको निम्ति आफू सचिव बन्ने दौडको अग्र भागमा रहेको बताउँदै सहयोगका लागि अपिल गरेका छन् ।

लामो समयदेखि बिद्यार्थी राजनितिमा सक्रिय धिताल एमाले सिन्धुपाल्चोकका पुर्व जिल्ला कमिटी सदस्य समेत हुन् भुगोलको राजनितिमा समेत उतिकै सक्रीय रहेका धिताल अनेरास्ववियु स्ववियुमा बौद्धिक र लगनशील नेताको छवि बनाउन सफल छन् । अनेरास्ववियु त्रिचन्द्र क्याम्पसको पुर्व अध्यक्ष समेथ रहेका धितालले मेडिकल माइक्रोबायोलोजी र समाजशास्त्र स्नातकोत्तर गरेका छन् भने कानुनमा एल एल वि तेस्रो वर्षमा अध्यापन गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय