सिन्धुपाल्चोक । अनेरास्ववियु सिन्धुपाल्चोकको सचिवमा नवीन पाण्डे चयन हुनुभएको छ । जिल्ला कमिटीको पाँचौँ पूर्ण बैठकले पाण्डेलाई सचिवको जिम्मेवारी दिने निर्णय गरेको अनेरास्ववियु सिन्धुपाल्चोकका प्रचार विभाग प्रमुख सुशील सुवेदीले जानकारी दिनुभयो । 

पाण्डे यसअघि सह-सचिवको जिम्मेवारीमा हुनुहुन्थ्यो । 

सुवेदीका अनुसार बैठकले सह-सचिवको जिम्मेवारी सुजन अधिकारीलाई दिने निर्णय गरेको छ । अधिकारी यसअघि जिल्ला कमिटी सदस्य हुनुहुन्थ्यो । त्यस्तै प्रचार विभागको उप-प्रमुख रहनुभएका सुवेदीलाई बैठकले प्रचार विभागको प्रमुख बनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय