सिन्धुपाल्चोक । मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले नगरले गरेका कमी कमजोरीहरूलाई स्पष्ट रुपमा उठाउन आग्रह गर्नुभएको छ ।   

नगरपालिकाले बुधवार आयोजना गरेको कार्यक्रममा सुशासन, पारदर्शिता र जबाफदेहीताका लागि नगरले सम्पादन गरेको कामका विषयमा आवाज उठाउनुपर्ने बताउनु भएको हो । 

उहाँले विगतको तुलनामा पूर्वाधार लगायतका विकास निर्माणको काम बढी भएको बताउनुभयो । बजेट विनियोजन गर्नुअघि राजनीतिक दल र सरोकारवालासँग सुझाव लिएको स्मरण गराउँदै तामाङले नगरले गर्ने विकासमा सबैले अपनत्व महसुस गर्न सक्ने बताउनुभयो ।

हामीले गरेको काममा धेरै प्रश्न नउठेको भन्दै तामाङले भन्नुभयो, ‘समृद्ध मेलम्ची निर्माणका लागि कुनै कसर बाँकी नराख्ने हाम्रो प्रतिबद्धता छ ।’

उपप्रमुख उमा प्रधानले योजनाहरूको अनुगमन र मूल्याङ्कन पछि मात्र भुक्तानी दिने गरेको बताउनुभयो । उहाँले कामको गुणस्तरलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने गरेको स्पष्ट पार्नुभयो ।   

प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धितालले कृषि क्षेत्रको विकासका लागि आवश्यक कार्यक्रम अघि बढाइने बताउनुभयो । उहाँले आएका सुझावलाई कार्यान्वयनमा लाने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा विषयगत शाखा प्रमुखहरूले आएका जिज्ञासाहरूको जवाफ दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय