काठमाडौँ । नेकपा एमाले सिन्धुपाल्चोक क्षेत्र नम्बर-२ काठमाडौँ सम्पर्क मञ्च ‘सिन्धुपाल्चोक जिल्ला अन्तरपालिका स्तरीय’ फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

सिन्धुपाल्चोक जिल्लाका १२ वटै स्थानीय तहलाई समेट्ने गरी सम्पर्क मञ्चले भोलि (शनिवार) फुटसल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

गोकर्णेश्वर नगरपालिका-४ माकलबारीमा हुने खेलमा १२ वटा पालिकाले टिम दर्ता गराइसकेको कार्यक्रम संयोजक राधा सापकोटाले जानकारी दिइन् ।

सापकोटाका अनुसार प्रत्येक टिममा १० जना खेलाडीहरू रहनेछन् । विजेता टोलीलाई र सहभागी टिमलाई आकर्षक पुरस्कारको व्यवस्था गरेको उनले बताइन् ।

खेल ७ ए साइड खेल हुने सम्पर्क मञ्चले जनाएको छ । खेलाडी सम्बन्धित पालिकाकै हुनुपर्ने अन्यथा टिम रद्द हुने सापकोटाले बताइन् ।

पालिका पालिकाबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको सिन्धुपाल्चोक काठमाडौँ सम्पर्क मञ्चका अध्यक्ष राजन आचार्यले बताए । ‘गाउँ गाउँबाट,पालिका पालिकाबाट खेलाडीहरू उत्पादन गर्ने उद्देश्यले नै हामीले यो कार्यक्रम आयोजना गर्दै छौँ,लुकेका प्रतिभाको प्रस्फुटन हुन्छ भन्ने हाम्रो विश्वास हो’,उनले भने ।

खेलमा उत्कृष्ट गोलकिपर र सबैभन्दा बढी गोल गर्ने खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष आचार्यले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय