सिन्धुपाल्चोक । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले नागरिकता प्रमाणपत्र प्राप्तिका लागि घरको लालपुर्जा अनिवार्य गर्न वडा कार्यलयहरुलाई पत्राचार गरेको छ । 

जिल्लाका १२ वटै स्थानीय तहहरूमा सोमबार सहायक जिल्ला अधिकारी निराजन श्रेष्ठले घरको लालपुर्जासहित सिफारिस दिन पत्राचार गरेका हुन । श्रेष्ठले जारी गरेको विज्ञप्तिमा जग्गाधनी दर्ता प्रमाण पुर्जी निवेदकको (बाबु आमाको नाममा भएको),घरधनी दर्ता प्रमाण पुर्जा (नक्सा पास वा अन्य सबुत) प्रमाण,बुबा आमाको सक्कल नेपाली नागरिकताको प्रमाणपत्रसहितको अन्य कागजातसहित सिफारिस दिन वडा कार्यलयहरुलाई पत्राचार गरेको हो । 

नेपालको नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको नेपाल नागरिकता पहिले संशोधन ऐन २०७९ बमोजिम जन्मका आधारमा नागरिकता लिएका सन्तानलाई वंशजको आधार नेपाली नागरिकता प्रमाणपत्रको लागि पत्राचार गरिएको विज्ञप्तिमा उल्लेख छ । 

नेपालको नागरिकता ऐन २०६३ अनुसार नागरिकताको प्रमाणपत्र प्राप्तिका लागि बुवा आमामध्ये एक जनाको नागरिकता सक्कल प्रमाणपत्र भए हुनेमा नागरिकता ऐन २०७९ अनुसार बुबा आमा दुवै जनाको नागरिकताको सक्कल बुझाउनुपर्ने भएको छ । त्यस्तै अब नागरिकता प्राप्तिका लागि घरको लालपुर्जा अनिवार्य बुझाउनुपर्ने छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय