सिन्धुपाल्चोक । छात्रामाथि यौन दुर्व्यवहारको आरोपमा सिन्धुपाल्चोकमा दुई शिक्षक पक्राउ परेका छन् ।

इन्द्रावती गाउँपालिका–६ स्थित कमलादेवी माध्यमिक विद्यायलमा अध्ययनरत १४-१५ वर्षीया दुई छात्राको जाहेरीका आधारमा प्रहरीले सोही विद्यालयका शिक्षकहरु ४५ वर्षीय सुरेन्द्र कोइराला र ४९ वर्षीय कविराज पौडेललाई शुक्रबार पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी निरन्जन भट्टराईका अनुसार पक्राउ परेका शिक्षकहरू अहिले प्रहरी हिरासतमा छन् । ‘दुई किशोरीहरूले यौन दुर्व्यवहार गर्ने गरेको भनी जाहेरी दरखास्त दिएका छन्,’ भट्टराईले भने, ‘शिक्षकहरूलाई पक्राउ गरेर अहिले हिरासतमा राखिएको छ ।’

जिल्ला अदालत सिन्धुपाल्चोकबाट सात दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको पनि डीएसपी भट्टराईले बताएका छन् । शुक्रबार पक्राउ परेका उनीहरूलाई आइतबार (मंसिर २४) गते अदालतबाट सात दिनको म्याद थप गरिएको हो । अहिले घटनाका बारेमा थप अनुसन्धान जारी रहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय