सिन्धुपाल्चोक । सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेश सभा “क” का माओवादी उम्मेदवार युवराज दुलालको टोलिले सोहि क्षेत्रका एमाले उम्मेदवार अमानसिंह तामाङका छोरा छत्र तामाङमाथि आक्रमण गरेको छ ।

घना जङ्गलको बीचमा तामाङ चढेको गाडी नियन्त्रणमा लिई उनिमाथि माओवादी कार्यकर्ताले आक्रमण गरेको हो ।

करिब ५० जनाको माओवादी कार्यकर्ताले घना जङ्गलको बीच पारी नियन्त्रणमा लिएको हो । तामाङ चढेको गाडिमा ढुङ्गा मुढासमेत गरिएको छ । गाडीमा केही क्षति पुगेको छ ।

पैसा बाड्दै गरेको अवस्थामा भेटिएको भन्दै माओवादीले अनर्गल प्रचार गरेको एमालेले जनाएको छ । आफ्नै चेक र पैसा देखाई बदनाम गर्न खोजेको एमालेले जनाएको छ । हारको मानसिकताले आक्रमणको प्रयास गरेको एमाले उम्मेदवार अमान सिंह तामाङले बताए । उनले पैसा र चेकको कुरा निराधार रहेको बताए ।

आक्रमण गर्नेहरुमाथि जिल्ला प्रहरी कार्यलय चौतारामा जाहेरी दिने एमाले निर्वाचन परिचालन कमिटी सिन्धुपाल्चोकका सचिब विष्णुमणी आचार्यले जानकारी दिए । लोकतन्त्रमा स्वच्छ प्रतिष्पर्धा गर्नुपर्ने बताउँदै माओवादीले जंगली पारा देखाएको उनले बताए । उनले यसको हिसाब किताब एमालेले राख्ने बताए ।

प्रहरीले उनलाई केहि बेर नियन्त्रणमा लिएको थियो । केही दिन अघिमात्र एमाले उम्मेदवार अमानसिंह तामाङमाथि पनि माओवादी कार्यकर्ताले आक्रमणको प्रयास गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय