काठमाडौँ । काठमाडौँको माकलबारी प्रगति चोकबाट ५ सय मिटर भित्र रहेको गोकर्णैश्वर लाइट एकेडेमी शनिवार बिहानैदेखि भिडभाड थियो । मान्छेहरूको आवत-जावतले विद्यालय परिसर केही बेर निकै रोमाञ्चित बन्यो ।  मानिसहरूको भिडभाड र जमघटले त्यहाँ वरिपरि रहेका मानिसहरू पनि विद्यालय परिसर भित्र छिर्न बाध्य भए । के रहेछ भन्ने चासो र उत्सुकताले विद्यालय भित्र छिरेका मानिसहरू विद्यालय परिसर भित्र छिर्ने बित्तिकै दङ्ग देखिए । 

गेटमा आर्मीजस्तो ड्रेसमा बसेका ६ जना महिला र पुरुष विद्यार्थीहरूले खट्टा बजारेर स्वागत गर्दा त्यहाँ उपस्थित मानिसहरू रोमाञ्चित हुँदै भित्र छिर्दै थिए । केही बेर हस्तकलाको अवलोकन गरेर बाहिर निस्किएका उनीहरू खुबै उत्सुक देखिन्थे । 

शनिवार गोकर्णैश्वर लाइट एकेडेमीले शैक्षिक प्रदर्शनी कार्यक्रम राखेको थियो । विद्यार्थीहरूले बनाएको हस्त निर्मित घर,मन्दिर,मस्जिद,गुम्बा,चर्चले सामाजिक एकता र सद्भावनाको झल्कोले त्यहाँ उपस्थित मानिसहरू छक्क परेर हेरिरहेका थिए । 

शान्तवातावरण,कोलाहल माहौल,ल्यापटप,कम्प्युटर,रेल,घर पालुवा जनावर,जङ्गली जनावरलगायत हस्तनिर्मित कला प्रदर्शन गरिएको थियो । 

माकलबारीकी कविता गजुरेल विद्यार्थीहरूको हस्त निर्मित कला देखेर आफू छक्क परेको बताउनुहुन्छ । उहाँ गोकर्णेश्वर लाइट एकेडेमीले नयाँ प्रयोगात्मक कुरा ल्याएकोमा खुसी ब्यत्त गर्नुहुन्छ । ‘गोकर्णेश्वर लाइट एकेडेमीले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञानमा अघि बढाएको देख्दा खुसी लागेको छ,’उहाँले भन्नुभयो । 

गजुरेल जस्तै शैक्षिक प्रदर्शनी अवलोकन गर्न आउनुभएकी गीता ढकाल पनि दङ्ग देखिनुहुन्थ्यो । उहाँकी छोरी त्यहीँ विद्यालयमा पढ्नुहुन्छ । कक्षा ३ मा पढ्दै गरेकी आफ्नी छोरीको हस्तकला देखेर गीताले केही बेर छक्क परेर छोरीले बनाएको हस्त निर्मित मन्दिर देखेर एकोहोरो हेरिरहिन् । 

शैक्षिक प्रदर्शनीमा अवलोकन गर्न आउनुभएका सङ्घीय सांसद सन्तोष चालिसे गोकर्णेश्वर लाइट एकेडेमीले व्यवहारिक ज्ञानलाई प्राथमिकताका साथ अघि बढाएकोमा खुसी ब्यत्त गर्नुभएको छ । हस्तकलाको अवलोकन गर्दै उहाँले विद्यार्थीहरूलाई धन्यवाद व्यक्त गर्नुभयो । 

गोकर्णेश्वर लाइट एकेडेमीका प्रिन्सिपल सौर्य नाथ आचार्यले विद्यार्थीहरूलाई शैक्षिक ज्ञानसँगै व्यवहारिक ज्ञानले सुसंस्कृत बनाउने बताउनुभयो । उहाँले गोकर्णेश्वर लाइट एकेडेमी काठमाडौँको अब्बल विद्यालयमध्येमा पर्ने बताउनुहुँदै विद्यालयले नैतिक ज्ञानसँगै व्यवहारिक ज्ञानलाई पनिसँगै लैजाने बताउनुभयो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय