काठमाडौँ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका वडा नम्बर-४ माकलबारीमा रहेको गोकर्णेश्वर लाइट एकेडेमीले आफ्नो १३ औं अभिभावक दिवस मनाएको छ ।

शनिवार विध्यालय परिसरमा विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना गर्दै १३ औं अभिभावक दिवस मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय ईकाई काठमाडाैंका प्रमुख विचारी प्रसाद अधिकारीले कार्यक्रमको उद्घाटन गर्नुहुँदै विध्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि इन्द्रावती गाउँपालिकाका प्रवत्ता एवम् वडा नम्बर-५ का वडाध्यक्ष शशिनाथ आचार्यले गोकर्णेश्वर लाइट एकेडेमीका उत्पादन हरेक क्षेत्रमा रहेको स्मरण गर्नुभयो । उहाँले त्यहाँबाट उत्पादित जनशक्तिले समृद्ध नेपाल सुखी नेपालीको महत्वकांक्षालाई पूरा गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशेष अतिथि गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख सान्नानी लामाले गोकर्णेश्वर लाइट एकेडेमी काठमाडौँ जिल्लाकै उत्कृष्ट विध्यालय रहेको बताउनुभयो । हरेक विधामा विध्यार्थीहरुको प्रतिभा देखेर आफू गौरवान्वित हुने गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिका वडा नम्बर -४ का वडाध्यक्ष जयराम महतलगायत विभिन्न समाजसेवी,बुद्धिजिवीहरुको उपस्थिति थियो ।

विध्यालयले ३० जना भन्दा बढी ज्येष्ठ नागरिकलाई सम्मान समेत गरेको थियो ।

प्ले ग्रुपदेखिका विध्यार्थीहरुले आ-आफ्नो प्रतिभा पस्किएका थिए ।

कार्यक्रममा ८ सय भन्दा बढी विध्यार्थीहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय