सिन्धुपाल्चोक। ‘लायन्स क्लब ब्राइट भिजन’ काठमाडौँद्वारा बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । इन्द्रावती गाउँपालिका वडा नम्बर ५ सुर्यकोट स्थित कालिका आधारभूत विद्यालयका ५० जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो । 

लायन्स क्लब अफ ब्राइट भिजन डिस्ट्रिक्ट नेपालको आयोजना र लायन्स क्लब काठमाडौँ हाइ भिजन ,लायन्स क्लब काठमाडौँ दिव्य दृष्टि ,लायन्स क्लब काठमाडौँ अपेक्षा बाटिका लायन्स क्लब काठमाडौँ ग्लोबल स्टार र लायन्स क्लब अफ मेलम्चीको सहयोगमा विद्यार्थीहरूलाई स्वेटर , ट्र्याक सुट , स्टेसनसरि सामान स्कुल ब्याग र खेलकुद सामान लायन्स क्लब अफ मेलम्चीको सहयोगमा वितरण गरिएको स्थानीय लायन्स राममणि गौतमले जानकारी दिनुभयो । 

कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झलक कट्टावालले जाडोको समयमा न्यानो कपडा तथा स्टेसनरी सामान वितरण गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा बोल्नुहुँदै विशेष अतिथि अग्नि विलास अधिकारीले लायन्स क्लबको जन्म दाताको जन्म दिनको अवसरमा सहयोग गर्न पाएकोमा आफूहरू हर्षित रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरू भोलिको कर्णधार रहेको भन्दै मन लगाएर पढ्नसमेत आग्रह गर्नुभयो । 

कार्यक्रमका सभाध्यक्ष एवम् लायन्स क्लब ब्राइट भिजन काठमाडौँका अध्यक्ष नमिता विष्टले विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्न पाएकोमा खुसी ब्यत्त गर्नुभयो ।  कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिका अभिभावक र अन्य स्थानीयहरूको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय