सिन्धुपाल्चोक । नेकपा (एकीकृत समाजवादी) सिन्धुपाल्चोकले जिल्ला कमिटी पुनर्गठन गरेको छ । 

पार्टी उपमहासचिव तथा बागमती प्रदेश इन्चार्ज गङ्गालाल तुलाधरको प्रमुख आतिथ्यतामा बसेको बैठकले अध्यक्ष लगायत पदाधिकारी पुनर्गठन गरेको हो ।

बैठकले अध्यक्ष विनोद खनाललाई पदस्थापन गरेको छ । त्यस्तै उपाध्यक्षमा अनिता लामा,सचिवमा कुमारराज घतानी, सहसचिव तथा १नं क्षेत्रीय कमिटी संयोजकमा नरेन्द्र खड्का, सहसचिव तथा प्रचार विभाग प्रमुखमा ईश्वरीप्रसाद अधिकारी, २ नं क्षेत्रीय संयोजकमा रामलाल विकलाई पदस्थापन गरेको हो । 

बैठकले क्षेत्र नम्बर १ ९क०मा मेहरमान विकलाई संयोजकको जिम्मेवारी दिएको छ । क्षेत्र नम्बर १९ख० मा यज्ञराज न्यौपानेलाई संयोजकको जिम्मेवारी दिइएको अध्यक्ष विनोद खनालले बताउनुभयो । 

त्यस्तै बैठकले क्षेत्र नम्बर २ क मा रामप्रसाद चौलागाईलाई संयोजक तोकेको छ । क्षेत्र नम्बर २ ख मा भने कामी सुनारलाई संयोजकको जिम्मेवारी तोकिएको छ । 

बैठकबाट जिम्मेवारी पाएकाहरूलाई उपमहासचिव तथा बागमती प्रदेश इन्चार्ज गङ्गालाल तुलाधरले बधाई ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय