दिपक अर्याल
स्थानीय निर्वाचनको पहिलो एक वर्षमा पाँचपोखरी थाङ्पाल गाउँपालिकाले बाईस शीर्षकमा नयाँ र सकारात्मक अभ्यास सुरु गरेको छ । बुधबार गाउँपालिले आयोजना गरेको चालु अर्थिक वर्ष ०७९÷८०को दश महिनामा सम्पादन गरेको कार्य प्रगतीको समिक्षा कार्यक्रममा आफ्ना सकारात्मक अभ्यासबारे जानकारि दिएको हो ।
सबै वडामा बर्थिङ सेन्टर संचानल देखि विद्यालय करेसावारी कार्यक्रम सम्म सुरु भएको र यसको सकारात्मक र अपेक्षित नतिजा प्राप्त भएको प्रतिवेदन गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत नन्दलाल शर्माले प्रस्तुत गर्नुभयो ।
गाउँपालिकाले भौतिक बिकास तथा निर्माण, प्रशासनीक सुधार तथा सुशासन, सामाजिक बिकास, पर्यटन प्रवद्धनमा उल्लेख्य प्रगती, शिक्षा क्षेत्रमा फड्को, स्वास्थ्य तथा प्रविधीमा उल्लेख्य काम भएको गाउँपालिका अध्यक्ष टासी लामाले जानकारि दिनुभयो ।
विवाद निरुपण, पूर्वाधार निर्माण तथा गुणस्तर बृद्धि, स्रोत साधनको अधिकतम र दिगो परिचालन तथा दिर्घकालिन योजना निर्माण र सो अनुरुप नीति कार्यक्रम तथा कार्यान्वयनमा जोड दिईएको गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारिले जानकारि दिनुभयो ।
गाउापालिकाले चालु आर्थिक वर्षमा ९७ जना बालबालिकालाई छात्रबृत्ति प्रदान गरेको, २५ जना महिलाहरुलाई नेतृत्व बिकास अन्तर्गत उद्घोषण तालिम दिएको, सीप विकास तथा उद्यम विकासका कार्यक्रमहरुमा सहभागीता बढाएको छ । गाउापालिकाको न्यायिक समितिमा दर्ता भएका ९७ मध्ये ६७ विवादहरुको निरुपण गरेको छ ।
गाउँपालिकाले प्रवेशद्धार निर्माण, पाँचपोखरी भोताङ पदमार्ग हुँदै पहिलो पटक गाङचेम्पो हिमाल आरोहण सफल गराएको जनाएको छ । तीन दर्जन होमस्टे संचालन गराउन आवश्यक सहयोग गरेको छ । वडा नंम्वर ७ को भोटेनाम्लाङमा ८४ फिटको बुद्ध मुर्ती निर्माण भैरहेको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले चालु अर्थिक वर्षमा ४५.६ प्रतिशत खर्च प्रगती भएको जानकारि दिएको छ । गाउँपालिको भू सेवा केन्द्र स्थानीय तहमा नै स्थापना गरि जग्गा नापजाँच सुरुवात गरेको छ । पालिकाको प्रवेशद्धारमा सूचना केन्द्र स्थापना गरि पर्यटकलाई स्वागत, आयात र निर्यात हुने सामाग्रीको अभिलेख राख्ने तथा अनुगमन गर्ने गरेको छ ।
पशु बिमा, वडामै योजना सम्झौता, वडा नंम्वर ३ लाई अर्गानीक वडा घोषणा, जंकपूmड निशेष, प्रधानमन्त्री रोजगार कार्यक्रममा गाउँपालिकाको साझेदारी, टुरिजम एप तथा नक्सा, निशुल्क सेनेटरी प्याड वितरण लगायतका कार्य सम्पादन गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय