सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाकी उप प्रमुख उमा प्रधानले सहकारीले कृषकहरूलाई आत्मनिर्भर हुन ठुलो मद्दत पुग्ने बताएकी छिन् । 

सूर्यमुखी साना किसान समूहको एक कार्यक्रममा बोल्दै उपप्रमुख प्रधानले सूर्यमुखी र कृषकहरूको अन्योन्याश्रित सम्बन्ध भएको बताएकी हुन् । 

सूर्यमुखी साना किसान सहकारीलाई अगाडि बढाउनु आफू अगाडि बढ्नु रहेको भन्दै उनले सबै शेयर सदस्यलाई क्रियाशील रहन आग्रह गरिन् ।

कृषिमा आत्मनिर्भर रहन महिलाहरूलाई सहकारीले सहयोग गरेकोमा उनले खुसी व्यक्त गरिन् । 

बाँदर र बँदेलले किसानहरूलाई दुख दिएको भन्दै उनले बाँदर व्यवस्थापनका लागि पनि सहकारीले भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरिन् । 

कार्यक्रममा मेलम्ची नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष कुमार बन्जरा वडा सदस्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय