सिन्धुपाल्चोक । तिलगंगा आँखा अस्पताल तिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजना, मेलम्ची नगरपालिकासँगको समन्वय र भिजन हिमालयको सहयोगमा २ दिने आधारभूत आँखा उपचार तालिम मेलम्चीमा सम्पन्न भएको छ ।पहिला स्वास्थ्य स्वयंसेविकाहरूको लागि आधारभूत आँखा उपचार तालिम र विद्यालय शिक्षक तथा विद्यालय नर्सहरूको लागि आधारभूत आँखा उपचार तालिम प्रदान गरिएको तिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्चीका प्रमुख आशिष भट्टले जानकारी दिनुभयो । तालिम २ दिन प्रदान गरिएको हो । अन्धोपन न्यूनीकरण गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको भट्टले बताउनुभयो । दृष्टि र दृष्टि दोष सम्बन्धी ज्ञान तथा दृष्टि परीक्षण गर्ने सिप प्रदान गर्ने, आँखाका सामान्य रोगहरूको निदान र परामर्श सम्बन्धी जानकारी दिने,टर्च लाइटको प्रयोग गरी आँखा परीक्षण गर्ने, आँखा रोगहरूको बारेमा उचित सल्लाह तथा परामर्श दिई उपयुक्त केन्द्र तथा अस्पतालमा सही तरिकाले प्रेषण गर्ने,तिलगंगा आँखा प्रतिष्ठान र सम्बन्धित आँखा केन्द्र वा अस्पतालका सेवाहरूको बारेमा जानकारी दिने,उद्देश्यले तालिम आयोजना गरिएको भट्टले बताउनुभयो ।

 तालिमको तिलगंगा आँखा केन्द्रका वरिष्ठ अधिकृत रामसिङ तामाङ र आशिष भट्टले सहजीकरण गर्नुभएको थियो । साथै पुस १५ गते सम्म दृस्टिदोष भएका विद्यार्थीहरूलाई १ हजार सम्म पर्ने चस्मा निःशुल्क प्रदान गरिने तिलगंगा सामुदायिक आँखा केन्द्र मेलम्चीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय