कानून तथा न्याय क्षेत्रमा आवद्ध सिन्धुपाल्चोकवासीहरुको संस्था “सिन्धु कानून समाज” ले शुक्रवार एक कार्यक्रमको आयोजना गरी वर्ष २०८१ मा न्याय सेवा अधिकृतमा नाम निकाल्न सफल २ जना सिन्धुवासी कानून अधिकृत तथा ३१ औं बार परीक्षा उतिर्ण २५ जना नवोदित कानून व्यावसायी (अधिवक्ता) हरुलाई बधाई तथा शुभकामना ज्ञापन गरेको छ । महान्यायाधिवक्ता डा. दिनमणि पोखरेलको प्रमुख आतिथ्यता तथा संस्थाको अध्यक्ष अधिवक्ता रामहरि नेपालको सभापतित्वमा सम्पन उक्त कार्यक्रममा प्रमुख अतिथिको हातबाट नव प्रवेशी कानून अधिकृत तथा कानून व्यवसायीहरूलाई प्रशंसा-पत्र तथा संस्थाको आजीवन सदस्यहरुलाई सदस्यताको प्रमाण-पत्र वितरण गरिएको थियो । करिब ७० जना सहभागीहरु रहेको उक्त कार्यक्रममा प्रमुख अतिथि डा. पोखरेल सहित अतिथि वक्ताहरूले नव प्रवेशी कानून अधिकृत, कानून व्यवसायी तथा संस्थाको समेत प्रगतिको लागि बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो । प्रदर्शनी मार्ग स्थित नेपाल ल कलेजको शभाहलमा आयोजित उक्त कार्यक्रममा उपाध्यक्ष अधिवक्ता जमुना भुसालले स्वागत मन्तव्य तथा सचिब अधिवक्ता राजन सापकोटाले कार्यक्रमको संचालन गर्नुभएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2020-2025, All Right Reserved subhatime.com | Website by Nabin Bhatta