सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोकले जोखिम रहेका बस्तीका नागरिकहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग आग्रह गरेको छ । 

जिल्लाको हेलम्बु,पाँचपोखरी,मेलम्ची क्षेत्रमा लगातार परेको वर्षातले बाढी पहिरोको जोखिम बढेको भन्दै सुरक्षित स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको हो ।

आज एमाले सिन्धुपाल्चोकका अध्यक्ष कमल नेपालले एक विज्ञप्ति जारी गर्दै नागरिकहरूलाई सतर्क रहन आग्रह गरे । 

‘जोखिमयुक्त बस्तीहरू तत्काल पहिचान गरी नागरिकहरूलाई तत्काल सुरक्षित स्थानमा सार्न र अवरुद्ध भएको सडकहरू तत्काल मर्मत गरी यातायात सुचारु गर्न नेपाल सरकारको सम्बन्धित निकायहरूलाई निर्देशन गर्दछौ’,विज्ञप्तिमा भनिएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय